क्यानलाई एआईको विषयमा कार्यपत्र ल्याउन सञ्चारमन्त्रीको आग्रह

Advertisement

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले क्यान महासङ्घलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विषयमा कार्यपत्रसहित आउन आग्रह गरेका छन् ।  

शुक्रबार मन्त्रालयमा क्यान महासङ्घका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मन्त्री गुरुङले आवश्यक नीतिगत कुरा गर्न सरकार तयार भएको बताउनुभएको समेत जानकारी दिए । “आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा कार्यपत्र लिएर आउनोस्, आवश्यक नीतिगत कुरा गर्न सरकार तयार छ”, मन्त्री गुरुङले भने । उनले छलफलका क्रममा सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने विषयमा जोड दिनुपर्ने बताए ।   

Advertisement

मन्त्री गुरुङका अनुसार यसका लागि सरकारले सबैको सहयोगको अपेक्षा गरेको बताए । क्यान महासङ्घका अध्यक्ष रणजीतकुमार पोदारको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा छलफल गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले यस्तो धारणा राखेका हुन् । । 

मन्त्री गुरुङले सूचनाको क्षेत्रमा आएको क्रान्ति र आर्टिफिसियल इन्टेलिजेन्सको सुरुआतले निम्त्याउने चुनौतीको समेत दृष्टिगत गरी सरकारले आफ्नो नीतिगत सुधार र व्यवस्थापनको काम अघि बढाउने जानकारी दिए । 

छलफलमा मन्त्री गुरुङले आफूले पदबहालीकै क्रममा डिजिटल नेपाल ‘फ्रेमवर्क’लाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनःसंरचना गर्न कार्यदल गठनको निर्णय लिएको स्मरण गरे ।  

यस्तै, उनले सरकार निजी क्षेत्रमैत्री रहेको र मुलुकमा सकारात्मक परिणाम निकाल्नका लागि सहकार्य गर्न चाहिरहेको उल्लेख गरे । सो अवसरमा  क्यान अध्यक्ष पोदार, महासचिव चिरञ्जीवी अधिकारीलगायतका पदाधिकारी थिए । सो अवसरमा क्यान महासङ्घका अध्यक्ष पोदारले सूचना प्रविधि क्षेत्रका बजेटको कार्यान्वयन यसका प्रभावकारिताको विषयमा ध्यानाकर्षण गराएका थिए ।  

Advertisement

Advertisement