एमालेका वडाध्यक्षद्धारा सडकमै कार्यालय खोलेर नयाँ सडकको पैदलमार्ग विस्तारको विरोध

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा नं. २२ का वडाध्यक्षले सडकमै कार्यालय सञ्चालन गरेर मेयर बालेन (बालेन्द्र) शाहले अघि बढाएको नयाँ सडकको पैदलमार्ग विस्तारको विरोध गरेका छन् । 

अदालतले समेत पैदलमार्ग विस्तारका लागि बाटो खोलेपछि अघि बढेको पैदलमार्ग विस्तारको काममा अवरोध गर्दै आएका उक्त वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले नयाँ सडकमा नै पाल टाँगेर कुर्सी टेबुल राखी सेवा दिएको बताएका हुन् । बालेनका समर्थकहरुले भने ठूला दलका कार्यकर्ता र सडकमा पार्किङको धन्दा गर्न नपाएको गिरोहले बालेनको काममा अवरोध गर्दै आएको बताएका छन् । 

Advertisement

मेयर बालेनले एमालेका अध्यक्ष केपी ओली र उनले गरेका भ्रष्टाचारको कटु आलोचना गर्न थालेपछि एमालेका नेता कार्यकर्ता बालेनदेखि रुष्ट बन्दै आएका छन् । पछिल्लो समयमा लोकप्रिय बनेका मेयर बालेनलाई असफल बनाउन र असहयोग गर्न ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र सबै मिलेका छन् । 

काठमाडौं महानगरपालिकाले बजेटमै राखेको न्यूरोड फुटपाथ विस्तारमा २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जन र उनका केही समर्थकले विरोध जनाउँदै आएका छन् । 

Advertisement