साढे दुई दशक पुरानो लुब्रिकेन्ट कम्पनी पीएलओले मनायो बार्षिकोत्सव, आईपीओको तयारी गर्दै

Advertisement

काठमाडौं । नेपालको ठूलो र पूरानो लुब्रिकेन्ट कम्पनी पूर्वाञ्चल ल्युब आयल (पीएलओ)ले शनिबार २५औं बार्षिकोत्सव मनाएको छ । 

कम्पनीले आफ्नै समूहको लगानी रहेको तीन तारे नेपालिका होटलमा केक काटेर बार्षिकोत्सव मनाएको हो । प्रिमियम मूल्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको पीएलओले यस बर्ष लगानीकर्तालाई आकर्षक मुनाफा पनि वितरण गर्न लागेको जनाएको छ । 

Advertisement

डेढ सय कर्मचारीलाई रोजगारी दिएको पीएलओ पूर्वको उत्कृष्ट करदाता कम्पनीको रुपमा समेत सम्मानित हुँदै आएको छ । अटोमोवाइल क्षेत्रको सफल कम्पनीको रुपमा रहेको पीएलओले तीन लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 

कम्पनीका एक सञ्चालकले आर्थिक मन्दीका बीचमा पनि आफूहरुको वित्तीय प्रगति राम्रो रहेको बताउँदै चाँडै नै नाफा नोक्सान हिसाव पनि सार्वजनिक गर्ने बताए । नेपालको लुब्रिकेन्ट मार्केट १५ अर्ब रुपियाँको रहेको बताइन्छ । त्यसमा पीएलओसहित आठ वटा कम्पनीको बजार करिव २२ प्रतिशत रहेको अनुमान छ । 

पछिल्लो दिनमा सार्वजनिक खरीदमा १५ प्रतिशतसम्म महंगो भए पनि स्वदेशी उत्पादन किन्नुपर्ने बाध्यकारी व्यवस्था कार्यान्वयनमा आएपछि नेपाली कम्पनीहरुलाई केही राहत भएको छ । ती सञ्चालकले भने, ‘ठूलो व्यापार घाटा कम र मुलुकको आर्थिक विकासमा योगदान गर्नु स्वदेशी उद्योगहरुको पनि दायित्व हो । त्यसमा सरकारले पनि हामीलाई साथ दिएर स्वदेशी उत्पादनलाई संरक्षण र प्रोत्साहन, आयातलाई निरुत्साहित गर्न भूमिका खेल्दिनुपर्छ । लुब्रिकेन्ट मार्केटमा अझै पनि ७८ प्रतिशत बजार आयातले ओगटेको छ । त्यसलाई कम गर्दै लैजान हामी पनि प्रयासरत छौं ।’ 

undefined

Advertisement

Advertisement