गोल्याण पावर लिमिटेड र प्रोजिल ग्रिन इनर्जीबीच संयुक्त उपक्रम सम्झौतामा हस्ताक्षर

Advertisement

काठमाडौं । गोल्याण पावर लिमिटेड र प्रोजिल ग्रिन इनर्जी लिमिटेडबीच मंगलबार संयुक्त उपक्रम सम्झौता (जोइन्ट भेन्चर अग्रिमेन्ट–जेभीई)मा हस्ताक्षर भएको छ । 

यो रणनीतिक साझेदारीले दिगो ऊर्जा प्रवर्द्धन गर्ने र ऊर्जा क्षेत्रमा हाम्रो संयुक्त विशेषज्ञतालाई उपयोग गर्ने आफूहरुको साझा प्रतिबद्धताको महत्त्वपूर्ण उपलब्धिलाई प्रतिनिधित्व गर्ने गोल्याण पावरले जनाएको छ । 

Advertisement

सम्झौतापत्रमा गोल्याण पावरका निर्देशक अक्षय गोल्याण र प्रोजिल ग्रिन इनर्जीका निर्देशक शोबित बैजनाथ रायले हस्ताक्षर गरे । 

हस्ताक्षर कार्यक्रममा गोल्याण ग्रुपका प्रमुख वित्तीय अधिकृत (सीएफओ) संजय साह र गोल्याण ग्रुपको ऊर्जा व्यवसायका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण अर्यालसहित दुवै कम्पनीका प्रमुख कार्यकारीहरूको उपस्थिति रहेको थियो । यो सम्झौताले हरित भविष्यको आफूहरुको साझा दृष्टिकोणलाई जोड दिने गोल्याण पावरको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement