सीआईटीको ५० हजार कित्ता शेयर बेचेर बाहिरिँदै एनआईसी एशिया

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर लिलामीमा राखेको छ । 

बैंकले आज (साउन ७ गते) देखि आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको हो । 

Advertisement

प्रतिकित्ता न्यूनतम मूल्य ७०७  रुपियाँ तोकिएको यो शेयरको बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले भाग लिई खरिद आवेदन दिन पाउनेछन् ।  

शेयर खरिद गर्दा न्यूनतम १० हजार कित्ता वा सोभन्दा माथि १०० ले भाग जाने गरी अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

शेयर खरिद गर्न इच्छुकले साउन १४ गतेभित्र आफूले खरिद गर्न चाहेको शेयर कित्ता, प्रतिकित्ताको दररेट रकमलगायत विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । 

बोलपत्र एनआईसी क्यापिटल लिमिटेड, ट्रेड टावर, थापाथली काठमाडौं वा एनआईसी बैंकको कर्पोरेट कार्यालय तथा शाखा कार्यालय विराटनगर मोरङ, आदर्शनगर वीरगन्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र वीरेन्द्रनगर सुर्खेतमा पेस गर्न सकिनेछ । 

बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ । 

undefined

Advertisement

Advertisement