नेपाल एसबिआई बैंकले पायो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड

Advertisement

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) ले नेपाल एसबिआई बैंक लिमिटेडलाई ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३’ बाट  सम्मानित भएको छ । कम्पनीले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो ।

एक कार्यक्रमका बीच अर्थमन्त्री विष्णु पौडेलले कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

Advertisement

बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै १२१ एटीएमबाट सेवा प्रदान गर्दै आएको जनाएको छ । 

Advertisement

Advertisement