निफ्राको १० लाख कित्ता शेयर बिक्री गर्दै एनआईसी एशिया, न्यूनतम मूल्य कति ?

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्ट्रक्चर बैंक (निफ्रा) को १० लाख कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । 

प्रतिकित्ता न्यूनतम १०१ रुपियाँ निर्धारण गरिएको सो शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसस्थाले खरिद गर्न पाउनेछन् । शेयर खरिदका लागि बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Advertisement

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी क्यापिटल लिमिटेड, ट्रेड टावर, थापाथली काठमाडौं वा एनआईसी बैंकको कर्पोरेट कार्यालय तथा शाखा कार्यालय विराटनगर मोरङ, आदर्शनगर वीरगन्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र वीरेन्द्रनगर सुर्खेतमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 

बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

बोलपत्र आज साउन ८ गतेदेखि साउन १५ गतेसम्म पेस गरिसक्नुपर्नेछ ।

undefined


 

Advertisement