लाभांश पारित गर्न नेशनल लाइफले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । 

सभा, भदौ ७ गते कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । 

Advertisement

कम्पनीले सभामा अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस शेयर र कर सहित १०.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । 

साथै, सभाले आर्थिक वर्ष ०७९/८० को वार्षिक एवं लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । त्यस्तै, आव ०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण पनि सभाले गर्नेछ । 

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले साउन २४ गते बुक क्लोज गर्ने भएको छ । 

साउन २३ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । 

Advertisement