आजको मौसम : मनसुनी वायुको प्रभाव रहँदा यी पाँचवटा प्रदेशमा भारी वर्षाको चेतावनी

Advertisement

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

बागमती र गण्डकी  प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।  

Advertisement

जल तथा मौसम विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

त्यस्तै कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ ।

राति पनि आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने विभागको भनाइ छ । 

Advertisement