सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त, कार्यकाल करीब १ महिना

Advertisement

काठमाडौं । रिक्त रहेको मुख्य सचिव पदमा लीलादेवी गड्तौला नियुक्त भएकी छन् । उनी नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बनेकी हुन् ।

आज बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

Advertisement

गड्तौला ५८ वर्ष उमेर हदका कारण २०८१ साल भदौ १५ गते अनिवार्य अवकाशमा जानेछिन् ।

भ्रष्टाचारको मुद्दा परे पछि डा. बैकुण्ठ अर्याल निलम्बनमा परेका थिए । उनी निलम्बनमा परेसँगै गड्तौलाले कामु मुख्यसचिवको जिम्मेवारी सम्हालै आएकी थिइन् । 
 

Advertisement

Advertisement