बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त घोषणा

Advertisement

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिका–१० स्थित बानेश्वरमा रहेको नेपाल सहकारी वित्तीय संस्था लिमिडेटलाई समस्याग्रस्त घोषणा गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज प्रेश विज्ञप्ति जारी गर्दै उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । 

Advertisement

मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने देहायको सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यताको विपरित कार्य गरी बचतकर्ताको रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा समस्याग्रस्त घोषणा गरिएको जानकारी दिए ।  

“सहकारी ऐन, २०७४ अनुसार उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ,” उनले भने, “उक्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनबमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ ।” 

Advertisement