संस्थापक शेयर बिक्री गर्दै सानिमा जीआईसी इन्स्योरेन्स

Advertisement

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले संस्थापक शेयरको बिक्री खुलाएको छ । 

कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख १२ हजार ८९३ कित्ता संस्थापक शेयरको बिक्री खुलाएको हो । 

Advertisement

यो शेयर कम्पनीका कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले अरिद गर्न चाहेको शेयर संख्या र दररेट उल्लेख गरी कम्पनीको रजिस्टर्ड कार्यालयमा निवेदन दिनुपर्नेछ । 

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । 

Advertisement