एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

हाललाई यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

Advertisement

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बबरमहल काठमाडौंमा रहेको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र खरिद आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणका लागि बिक्री गरिने बैंकले जनाएको छ ।

Advertisement