नयाँ भवनमा बसेर आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक बर्षका लागि मौद्रिक नीति जारी गर्दैछन् । नीति राष्ट्र बैंक सञ्चालक समितिले पास गरिसकेको छ । 

भूकम्पपछि पुनर्निमाण भएको नयाँ भवनबाट सार्वजनिक गर्न लागिएको मौद्रिक नीति अधिकारीको आफ्नो कार्यकालको संभवतः अन्तिम हो । उनी गभर्नरमा पुनः दोहोरिने संभावना कम देखिन्छ । यसअघिको मुल भवन २०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको हो । 

Advertisement

बाह्य क्षेत्रमा सुधार आएको र आन्तरिक अर्थतन्त्र शिथिल बनेको अवस्थामा राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याउने आर्थिक क्षेत्रले अपेक्षा गरेको छ । त्यो खालको संकेत प्रधानमन्त्रीदेखि राष्ट्र बैंककै अधिकारीहरुले पनि गरिरहेका छन् । खुकुलो मौद्रिक नीतिको पक्षमा रहेको बालुवाटारले यसअघि नै जारी हुन लागेको मौद्रिक नीतिलाई हस्तक्षेप गरेर रोकेको थियो । यसले मौद्रिक नीतिप्रति प्रधानमन्त्रीको बढी नै चासो रहेको देखाउँछ । 

साथै, अहिले बैंकिङ क्षेत्रमा प्रशस्त लगानीयोग्य रकम भए पनि उद्योगी व्यवसायीहरुमा आत्मविश्वासको कमी भएकाले कर्जा लगानी हुन नसकेको अवस्थामा मौद्रिक नीतिले खुकुलो प्रवधान अपनाउने देखिएको छ । 

Advertisement

Advertisement