अर्थतन्त्र सुधार भए पनि बजारमा माग र आपूर्ति भने बढ्न सकेनः गभर्नर अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधारको बाटोमा रहेको दावी गरेका छन् । 

शनिवार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको सम्मेलनमा उनले सन् २०२२ र २०२३ मा १.९ प्रतिशत आर्थिक वृद्धि रहेकोमा २४ मा सुधार भएर ३.९ प्रतिशत र मुद्रास्र्फीति ५.४ प्रतिशत रहेको उल्लेख गरे । अधिकारीले मुद्रास्र्फीति ६.५ प्रतिशत राख्ने लक्ष्य भए पनि लक्ष्यभन्दा कम रहेको बताए । 

Advertisement

उनले मौद्रिक नीतिको परिणाम स्वरुप विदेशी मुद्रा सञ्चितिमा समेत उल्लेख्य सुधार हुँदा अर्थतन्त्रको वाह्य क्षेत्र बलियो रहेको बताए । गभर्नर अधिकारीले विदेशी मुद्रा सञ्चितिले १३ महिनाको आयात धान्नसक्ने क्षमता रहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको ब्याजदर समेत एकल अंकमा आएको बताए । 

उनले समग्र मुलुकको अर्थतन्त्र सुधार भए पनि बजारमा माग र आपूर्ति भने बढ्न नसकेको बताउँदै सरकारको परिमार्जित नीतिको कारण केही सुधारका संकेतहरु देखिएको बताए । अधिकारीले नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै खालका चुनौतीहरु रहेको बताए । उनले जलवायु परिवर्तनले पारेको प्रभावलाई न्युनिकरण गर्न अन्तर्राष्ट्रिय निकायसँगको सहकार्य गर्न आवश्यक रहेको बताए । 

Advertisement

Advertisement