नयाँ मौद्रिक नीतिको लक्ष्य, कर्जा विस्तार बढाएर १२.५ प्रतिशत पुग्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

कर्जा विस्तारमा सुस्तता आइरहेको बेला शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले कर्जा विस्तार बढ्ने अनुमान गरेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रमा जाने कर्जा विस्तारको लक्ष्यलाई गत आर्थिक वर्षको भन्दा १ प्रतिशतले बढाउने लक्ष्य लिएको बताए ।

Advertisement

गत नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०–८१ को लागि ११.५ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखेको थियो । तर त्यो ५.९८ प्रतिशत मात्रै प्रगति भएको छ ।

Advertisement

Advertisement