काठमाडौं । क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको टाटा पन्च इभी नेपाल भित्रिएको छ । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले परीक्षणका लागि स्याम्पल पिस भित्राएको हो ।
कम्पनीले यो गाडी नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरेको छ । लङ्ग रेन्ज र मिडरेन्ज गरी २ वटा उपलब्ध हुने यो गाडी २५ किलोवाट आवर र ३५ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध छ ।
यसमा ६० र ९० किलोवाटको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको यो गाडीमा ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट भ्यू मिरर लगायतका फिचर दिइएको छ ।
त्यसैगरी यसमा १०.२४ इन्चकै टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, १०.२४ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, कनेक्टेड डे टाइम रनिङ लाइट, लेदररेटेड भेन्टिलेटेड सिट लगायतका फिचर्स छन् ।