सेलिब्रेटीहरुको ईभी मोह : कसले कुन गाडी चढ्छन् ?

Advertisement

काठमाडौं । नेपाली अटोमोवाइल बजार एकाएक विद्युतीय गाडी (ईभी)मय भएको छ । करमा विशेष सहुलियत दिने सरकारी नीति र इन्धन खर्च हुँदा अटोमोवाइल प्रयोगकर्ताहरु पेट्रोलियम सवारीबाट ईभीमा छिटोछिटो ‘सिफ्ट’ भइरहेका छन् । 

यसका कारण पछिल्लो समय नेपाली अटो बजारमा विद्युतीय सवारीको चाप ह्वात्तै बढ्न गएको छ ।यस्तोमा चाहेर वा नचाहेर नेपाली कलाकारहरु समेत पछिल्लो समय ईभीमा आकर्षित हुन थालेका छन् । 

Advertisement

धेरैजसो सेलिब्रेटी कलाकारहरु सम्वन्धित ईभीको ब्राण्ड एम्बासडर नै बनेर यसको प्रयोगकर्ता बनिरहेका छन् कतिपय कलाकार तथा मोडलले आफ्नै रोजाईमा ईभी खरीद गरेको देखिन्छ । 

कुन कलाकारले कुन ईभी गाडी चढ्छन् ?

हरिबंश आचार्य

चर्चित एवं पुराना पुस्ताका कलाकार हरिबंश आचार्यले बीवाईडीको अट्टो–३ गाडी चढ्छन् । त्यसो त उनी बीवाईडीको ब्राण्ड एम्बासडर समेत हुन् । ​

नवीकरणीय उर्जाबाट चल्ने वातावरणमैत्री ईभीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्दैआएका कलाकार आचार्यले करिब दुई वर्षदेखि अट्टो–३ चढ्दै आएका छन् । उनले चढ्ने ईभीको नेपाली बजार मूल्य ५५ लाख ९९ हजार रुपियाँ रहेको छ ।undefined

बेनिशा हमाल

नायिका तथा मोडल बेनिशा हमालले विद्युतीय कार ओमोडा चढ्छिन् । उनले हालसालै उक्त ईभी कार किनेकी हुन् । ओमोडा किने लगत्तै सामाजिक सञ्जालमा खुशी साट्दै हमालले लेखेकी थिइन्, ‘इलेक्ट्रिकमा स्विच गर्नुहोस् र आफ्नो ड्राइभलाई पावर गर्नुहोस् ।’

उनले चढेको ओमोडा कार हालसालै मात्र भित्रिएको चिनियाँ ब्राण्ड हो । नेपाल प्रवेश गरेको छोटो समयमा नै यसले अटो पारखीहरुको मन जित्न सफल भएको छ । 

कुल १५.५ किलोवाट ब्याट्री प्याकमा १०० किलोवाट पावर मोटरमा नेपालमा भित्रिएको ओमोडा ई–५ को मूल्य ५५ लाख ९९ हजार रुपियाँदेखि ६१ लाख ९९ हजार रुपियाँसम्म पर्छ । undefined

गरिमा शर्मा​
मोडल तथा कलाकार गरिमा शर्मा पनि बीवाईडीको डल्फिन चढ्छिन् । २०२४ मे २५ मा गाडी किनेकी उनले सामाजिक सञ्जालबाट आफू गाडी किन्ने स्थितिसम्म पुग्नुमा दर्शकहरुको अपार माया र विश्वासको कारण रहेको बताएकी छिन् । 

दर्शकहरुसँग खुशी साट्दै कलाकार शर्माले माया र विश्वासका लागि सबैलाई धन्यवाद समेत दिएकी छिन् । आफूले बीवाईडी नै रोज्नुको कारण समेत खुलाउँदै उनले ५ वटा कारण समेत पेश गरेकी छन् ।

कलाकार शर्माले चढेको बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजार रुपियाँ रहेको छ । undefinedसागर लम्साल (बले)
कलाकार तथा मोडल सागर लम्साल (बले)ले हालसालै मात्र विद्युतीय गाडी एमजी जेटएस किनेका छन् । 

यसअघि हुण्डाई आई–ट्वान्टी एक्टिभ चढ्दैआएका कलाकार बलेले सोही गाडीसँग एक्सचेञ्जमा एमजी जेटएस खरीद गरेका हुन् । 

हाल बलेले चढ्ने गाडीको मूल्य ५३ लाख रुपियाँ रहेको छ । गाडी खरीद गरेको दिन खुशी हुँदै उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘जिन्दगीको धेरै खुसीहरुमध्ये यो एउटा खुसीको दिन ।’ 

undefined

रुबी राणा

​पूर्व मिसनेपाल रुबी राणा टाटा टियागो ईभी चढ्छिन् । छुटकुरी र सहज ड्राइभिङका कारण टियागो जस्तो ईभी गाडी महिलाहरुका लागि निकै सहज हुने उनले तर्क छ । 

आफूले पनि घर अफिस गर्न टाटा टियागो किनेको राणाले भिडियो सन्देशमार्फत जानकारी दिएकी छिन् । 

टाटा टियागो नेपालमा भित्रिएको ईभी मध्येको एक लोकप्रिय मोडल हो । कुल २६ किलोवाट ब्याट्री प्याकमा ४८.६४ किलोवाट पावर मोटरमा उपलब्ध टाटा टियागोको मूल्य २९ लाख ९९ हजार रुपियाँदेखि ३४ लाख रुपियाँसम्म पर्छ । 

undefined

पारस खड्का

सेलिब्रेटी पूर्वक्रिकेटर पारस खड्काले लोकप्रिय ईभी दिपल एस०७ लिएका छन् । खड्काले यही असोजमा यो गाडी लिएका हुन् । 

त्यसो त नेपालका लागि दिपलको ब्राण्ड एम्बास्टर समेत नियुक्त भएका पूर्व क्रिकेटर खड्काले कम्पनीबाट उपहार स्वरुप दिपल एस०७ ईभी पाएका हुन् । 

गाडीको लग्जरियसनेस, फिचर्स, पावर पिकअप र आकर्षक लुक्सकै कारण आफूले दिपल एस०७ चढ्ने निधो गरेको खड्काले बताएका छन् । उनले चढ्ने दिपल एस०७ को बजार मूल्य ७१ लाख ९९ हजार रुपियाँमाथि रहेको छ । 

undefined

रामकृष्ण ढकाल

प्रसिद्ध गायक रामकृष्ण ढकालले टाटा पन्च ईभी बुकिङ गरेका छन् । हालैमात्र नेपालमा सार्वजनिक भएको टाटा पन्च ईभीमा टाटाको अब्बल उत्पादन मानिएको छ ।

कुल ३५ किलोवाट ब्याट्री प्याकमा ९० किलोवाट पावर मोटरमा नेपाल आएको टाटा पन्चले १७० देखि २९० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । 

यो गाडीको बजारमा मूल्य ३३ लाख ९९ हजार रुपियाँदेखि ३८ लाख ९९ हजार रुपियाँसम्म पर्छ । गाडी लन्च भएसँगै सोरुमा नै पुगेका गायक ढकालले टाटा पन्च बुकिङ गरेको कम्पनीले जनाएको छ ।  

undefined

Advertisement

Advertisement