आजको मौसम : दिउँसो तीनवटा र राति दुईवटा प्रदेशमा भारी वर्षा

Advertisement

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारण बदली रहेको छ ।  

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

त्यस्तै, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

त्यसैगरी राति आंशिकदेखि साधारण बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

मनसुनी वायुको प्रभाव रहेकाले कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ ।

Advertisement

Advertisement