पत्रकार महासंघमा अध्यक्ष विपुल पोखरेलपछि कार्यबहाक अध्यक्ष विष्टले पनि दिए राजीनामा

Advertisement

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् । अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएको केही दिनपछि विष्टले पनि राजीनामा दिएका हुन् । 

सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् । उनले राजीनामाको बोधार्थ महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई दिएका छन् ।

Advertisement

विष्टले महासंघको विधि विधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब चार सय व्‍यक्तिलाई सदस्यता दिएको असन्तुष्ट हुँदै राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

कार्यवाहक अध्यक्ष विष्टले विहीबार महासंघको केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका छन् । उनको पत्रपछि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

undefinedundefined

Advertisement

Advertisement