एक घण्टा बढी निदाउँदाको त्यो क्षण, जसले शिशापाङको हिउँपहिरोबाट जोगायो

Advertisement

अन्तर्राष्ट्रिय माउन्टेन गाइड (हिमाली पथप्रदर्शक)को लाइसेन्स प्राप्त गर्ने एशियाकै पहिलो महिला दावा याङ्जुम शेर्पा रोलेक्स घडीको सबैभन्दा कान्छी ब्रान्ड एम्बेसडर र ‘द नर्थ फेस’को ‘एथलिट’ पनि हुन् । साथै, उनीसहित पासाङ ल्हामु शेर्पा र माया शेर्पा पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो केटु हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् । दोलखा रोल्वालिङ उपत्यका (ना गाउँ– ४,२०० मिटर उचाइमा रहेको)मा जन्मिएकी शेर्पाले आपूmलाई मात्र नभइ विश्व बजारमा नेपाल र नेपालीलाई चिनाउने एक साहसी महिला पनि हुन् । उनी अब विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने विश्वमै पहिलो नेपाली महिला बन्ने दौडमा छिन् । शेर्पाले अहिलेसम्म १३ वटा हिमालको सफल आरोहण गरिसकेकी छन् । तिब्बतमा रहेको शिशपाङ्मा हिमालको सफल आरोहणसँगै उनको एक चरणको सपना पूरा हुनेछ । उनै दावा याङ्जुम शेर्पासँग कर्पोरेट नेपालका सीताराम विलासी र फुर्पा शेर्पाले गरेको कुराकानीः

​​तपाइँ हिमाल आरोहणसँगै अन्तर्राष्ट्रियस्तरको महिला गाइड हुनुभएको छ । तपाइँको बाल्यकाल कहाँ बित्यो ? कहाँ पढ्नु भयो ?
मेरो बाल्यकाल खासगरि ना गाउँमै बितेको हो । म जन्मिएको त्यही ठाउँमा करिब ७ वर्षसम्म हुर्काइ भयो । गाउँमा पढ्नको लागि चार हजार दुई सय मिटर उचाइमा पढाउने शिक्षक हुन्थेन । शिक्षक जिल्लाबाट आउनुपर्थ्यो । हिउँ पर्ने, चिसोको कारण पढाउन चरिकोटबाट आउने शिक्षकलाई समेत समस्या हुने । शिक्षकहरु हिउँदमा जान्थ्यो । फेरि बर्खामा फर्किन्थ्यो । बर्षमा ६–७ महिना गायब हुने हुँदा खासै मेरो स्कुल ‘अपग्रेड’ भएन । गाउँको स्कुलमा पनि त्यस्तै दुःख थियो । सुविधा र पूर्वााधर थिएन् । त्यही भएर मेरो पढाइ नै रोकियो । तर पनि पछि मैले अतिरिक्त कक्षाहरु लियो । पछि काठमाडौं आएर पढे पनि आर्थिक अवस्थाका कारण र पारिवारिक समस्याले गर्दा कक्षा ६ सम्म पढेपछि फेरि गाउँमै फर्किनुपर्यो ।  

Advertisement

पछि तपाइँ हिमाल आरोहणका क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? के के गर्नुभयो ? परिवारबाट कत्तिको सहयोग भयो ? 
मेरो सानैदेखिको इच्छा भनेको सगरमाथा आरोहण गर्ने, प्रख्यात हुने थियो । सगरमाथा एक पटक आरोहण गरेपछि मलाई केही पनि चाहिँदैन् भन्ने खालको एउटा इक्छा थियो । त्यसको लागि निकै दुःख गर्नुपर्यो । म एकदिन पक्का सगरमाथा आरोहण गर्छु भने सपना थियो । नाम कमाउँछु र मिल्यो भने विदेश जान्छु भन्ने थियो । सबै जनाको दिमागमा पहिला आउने भनेको यही नै हो । म जस्तै अहिले धेरैजसो महिला पनि हिमाल चढ्छु अनि विदेश जान्छु भन्ने सोचेको हुन्छ । कसैले खुलेर भन्छ । कसैले भन्दैन ।  एक–दुई जना होला ‘म देशमै काम गरी खान्छु’ भन्ने । जहाँसम्म लाग्छ शून्य नै होला सगरमाथा आरोहण गरेर यसमै काम गर्छु भन्ने । मैले पनि त सधैं यहीं काम गरेर खान्छु भनेर सगरमाथा आरोहण गरेको होइन । आरोहण गराउँला, दुःख सुःख बाहिरतिर जाउँला, नाम कमाउँला भन्ने सोचले हो । महिलाहरुलाई हिमाल आरोहण गरेर काम गरेर बाँच्न सजिलो हुन्न । सफलताको लागि त्यहाँसम्म पुग्न बिचको बाटो सजिलो छैन् । 

महिलाहरुलाई किन यति गाह्रो भएको होला यो क्षेत्रमा ? 
एक्दम गाह्रो थियो पहिला त । अहिले पहिलाको हेरेर केही सजिलो छ, त्यो हाम्रो समयको हेरिकन त । म हिमाल आरोहण गर्दा त्यतिखेर तालिम गर्ने ठाउँ थिएन् । आरोहण गर्दा लगाउने कपडा राम्रो थिएन । आरोहण गर्न नै एक्दम महँगो थियो । कहाँ जाने ? थाहा हुँदैन् थियो । अर्कोतिर घरमा परिवारको समस्या, १८–१९ वर्षको केटीहरु हिमाल आरोहण गर्न जाने भनेपछि त्यसै नै समस्या हुने भइहाल्यो । गइहाले पनि फेरि सफल हुन सकेन भने अर्को समस्या । हिँड्न डुल्न, बोल्न गाह्रो आफ्नो समाजमा । हामीलाई पनि त थाहा छ नि के गर्नुपर्छ ? के गर्न हुन्न ? भनेर । राम्रो गर्दा पनि राम्रो गर्यो भनेर कहिले भन्दैन् । त्यस्ता समस्याहरु पहिला पहिला धेरै थियो । आर्थिक समस्या पनि त्यस्तै थियो । महिला भएकाले शारीरिकरुपमा समस्या हुने भइहाल्यो । व्यक्तित्व विकासको कुरामा त्यो एउटा चरणमा निकै गाह्रो रह्यो । अरुको पनि प्रायः त्यही हो । जसलाई जति स्वतन्त्रत छोडियो, त्यति राम्रो हुने हो । यो कुरा महिला र पुरुष दुवैमा लागू हुने कुरा हो । जति थन्काएर राख्यो, त्यो फेरि बिग्रिनैरहेको हुन्छ । पहिला मलाई मेरो दिदीहरुले अलि कति के–के कुरा गर्ने । तर, दाई सहयोगी भएकोले म अघि बढ्न सक्यो । म र दाई सँगै हुर्किएको हो । हाम्रो पारिवारिक र सामाजिक संरचना, संस्कार र सोचले यस्ता कुरामा बढी प्रभाव पार्दोरहेछ । 

हिमाल चढ्नेलाई आर्थिक स्रोतको चुनौति हुने कुरा गर्नुभयो । तपाइँले सुरुमा खर्च कसरी जुटाउनुभयो ?
मेरो दाईले सबै हेरेको हो । बुबाआमाले जन्माउनु मात्र भयो । दाई र मैले नै भाइबहिनी पनि हेर्नुपर्थ्यो र हेरियो पनि । गाउँमा १० वटा बच्चा जन्माउने । ठूलो हुर्किँदै गर्छ । ठूलो छोरा वा छोरीले सानो भाईबहिनीको जिम्मेवारी लिन्छ । दाईले नै मलाई पढाउनेदेखि हिमाल चढाउने प्रवन्ध मिलाएको हो । साथै, मैले युवा अवस्थामा नै काम गर्न थालें । मैले १७–१८ वर्षको उमेरमा नै टे«किङ गाइडको तालिम लिएर काम सुरु गरेको हो । तालिम लिँदा टे«किङको एक–दुई वटा काम गरिरहेको थियो मैले । तर मेरो बस्ने, खाने दाईले नै गर्थ्यो । मैले कमाएको पैसा चाहिँ तालिममा खर्च हुन्थ्यो । टे«किङ जाने, तालिम लिने गर्दै जाँदा मैले एउटा शेर्पा एडभेन्चर गियर प्रायोजक भेटायो । त्यो प्रायोजकबाट सुरुवात भयो प्रायोजन । त्यो बेलामा पनि महिलाहरुको टे«किङ तालिम धेरै आउँथ्यो । टे«किङ गर्दा दाईले पनि त्यस्तो केही भन्दैनथियो । ट्रेकिङको काम गर्दागर्दै हिमालमा पुग्यो । 

पहिला हिमाल चढ्दाको अनुभव कस्तो रह्यो ? सुनाउनु न ।
खुम्बु क्लाइमिङ सेन्टरमा ‘एडभान्स’ तालिम लिन जाँदा म ‘टपर स्टुडेन्ट’ नै भएको थियो । टपर भएपछि एक जना आरोहीले मलाई ‘तिमी एक्दम बलियो रहेछ, अब हाम्रो अर्को एक्स्पेडिसन सगरमाथामा छ, द नर्थ फेस एण्ड नेसनल जिओग्राफी, त्यसमा तिमी एक कर्मचारीको रूपमा काम गर्नु । सगरमाथा पनि आरोहण गर’ भन्यो । यद्यपि सगरमाथा चढ्नुअघि मैले अमा दब्लम हिमाल आरोहण गरिसकेको थिएँ । त्यो मेरो पहिलो सगरमाथा टेक्ने अवसर बन्यो । सगरमाथा आरोहण गरिसकेपछि पैसा कमाउँछ, अवसरहरु खोज्दै आउँछ भनेर म त्यो एक्स्पेडिसनमा गएको हो । कुनै पनि विदेशीले पैसा त्यसै झ्याम झ्याम दिँदैन । उनीहरुले अवसर दिन्छ । उनीहरुको हुर्काउने, मान्छेलाई सहयोग गर्ने तरिका फरक छ । हाम्रो चाहिँ हिमाल आरोहण गर भनेर पैसा झ्याम्मै दिन्छ, गरिखाउन भनेर । तर विदेशीले त्यस्तो गर्दैन् । काम गराएर पैसा दिन्छ । त्यसले गर्दा हामीलाई पनि त्यो पैसाको महत्व हुन्छ । मैले अमेरिकातिर देखेको घरमा बच्चाले आफ्नो बुबाआमासँग पैसा माग्दा ‘तिमी यो सफा गर वा यति काम गरेर आउ, तिम्रो घण्टाको यति पैसा हुन्छ । जति घण्टा काम गर्छौं, त्यति घण्टाको पैसा पाउँछौं’ भन्छ । बच्चाहरुले पनि त्यहीअनुसार काम गर्छन् र पैसा कमाउन सिक्छ । 

सुरुमा सगरमाथा चढ्दा तपाइँले गर्नुपर्ने काम चाहिँ के थियो ?
एक्स्पेडिसनमा मेरो काम टेन्ट (पाल) टाग्ने, भारी बोक्ने, भारी यताउता ओसार्ने । त्यो गर्दागर्दै मैले पहिलो पटक सगरमाथाको सफल आरोहण पनि गर्यो । मसँग एक जना क्लाइन्ट (ग्राहक) पनि थियो । त्यो सगरमाथा एक्स्पेडिसनमा मैले करिब सात लाख रुपियाँ पनि कमायो, २१ वर्षको उमेरमा । त्यति पैसा त एक्दम धेरै हो, त्यो बेलामा । आजभन्दा १० वर्ष अगाडिको कुरा हो । त्यतिखेर आरोहण गर्न पनि दुःख थियो । पैसा कमाउन पनि गाह्रो थियो । त्यतिबेला मैले गर्नपर्छ भन्ने अलिकति जोश पनि थियो । सानै उमेरमा त्यति धेरै पैसा कमाएर पनि होला, यस पेशामा मलाई तान्दै लाग्यो । टे«किङमा जाँदा नै मेरो नर्स साथी र अरु साथीहरुको भन्दा मेरो आर्थिक अवस्था राम्रो थियो, त्यो सानै उमेरमा । 

युवा अवस्थाको त्यो क्षण भनेको त रमाइलो गर्ने, घुम्ने उमेरको रुपमा हेरिन्छ । तपाइँले चाहिँ जोखिमपूर्ण र कठिन काम रोज्नुभयो । त्यो बेलामा कहिले अनुभूति भएन् ? 
युवा अवस्था महत्वपूर्ण हुँदोरहेछ । मैले त्यो अवस्थालाई खेर फालिन । दुःख गरें । तालिमहरु लिएँ । बीस वर्षको उमेरमा मैले काम पाएँ । राम्रै पैसा कमाए पनि । केटी मान्छेहरुलाई गहना लगाउने, घुम्ने कुराहरुमा खर्च गर्ने रहर हुन्छ । मलाई त्यस्तो रहर र बानी नै भएन । हिमाल आरोहण गर्ने केटाहरुसँग मेरो कुरा मिल्ने । बरु केटीहरुसँग नमिल्ने ।  सगरमाथा आरोहण गर्नुअघि नै मैले धेरै आधारभूत प्रशिक्षण र तालिम लिएको थिए । यससम्वन्धी ‘एडभान्स’ कोर्स गरेको थिएँ । नेपाल पर्वतारोहण संघबाट विभिन्न तामिलहरु पनि लिएँ । नेपाल पर्वतारोहण संघको ‘एडभान्स कोर्स’मा दुई जना केटी चाहिने । ‘पर्फमेन्स’ अनुसार मलाई रोजेको थियो । त्यतिखेर अमा दब्लममा फ्रान्स महिला एक्स्पेडिसन भएको थियो संयुक्तरुपमामा । त्यसमा मलाई टिमले लिएको थियो, टेक्निकल पनि राम्रो छ भनेर । फ्रान्सको दुई महिला र म गरेर नेपाल पर्वतारोहण संघबाट आरोहण गरिएको थियो । 

 

undefined

त्यही क्रममा मलाई गियर कम्पनी शेर्पा एडभेन्चरमा मोडलिङ गर्ने अफर आयो । त्यही कम्पनीबाट मलाई लुगाहरु आउन थाल्यो । मेरो लुगामा पनि पैसा खर्च भएन । पैसा बचत भयो । त्यसपछि म माउन्टेन गाइड मा लागेको हुँ । मैले कमाएको पैसा सबै माउन्टेन गाइड तालिममा खर्च गरें । गाइडको तालिम लिन निकै महँगो छ । इन्टरनेशनल फेडरेशन अफ माउन्टेन गाइड्स एसोसिएसनको तालिम लिएर म विश्वको दोस्रो अग्लो हिमाल केटु आरोहण गर्न गएँ । केटुमा जाँदा हामीभन्दा अगाडि चढ्ने अरु केटीहरु पैसा संकलन गर्न जाने । हामी तीन जना (पासाङ ल्हामु शेर्पा र माया शेर्पासमेत)लाई त्यस्तो गर्न आएन । तर जेजसो भए पनि हामीले सफलतापूर्वक आरोहण गरेर फर्कियौं । 

अहिले अमेरिका पुग्नुभएछ । किन जानुभयो अमेरिका ? 
म एउटा तालिमको क्रममा अमेरिका गएको । म २१ वर्षको उमेरमा सगरमाथा चढेपछि आरोहणकै समयमा एक जना विदेशी भेटेको थियो । उनले मलाई तिमी ‘रेस्क्यू रेन्जर’को लागि एक–दुई हप्ता तालिम लिन जाउ भन्यो । ‘तिमी बलियो छौं, अमेरिकाको राष्ट्रिय निकुञ्जमा यस्तो तालिम दिन्छ’ भन्यो । स्वयंसेवकको रुपमा अमेरिकाको एउटा हिमालमा रेस्क्यु रेन्जर चाहिन्छ । केही परिहाल्यो भने गइहाल्ने, सरकारी काम गर्ने । त्यो काम भनेको तालिम पनि हो । कुनै मान्छे हिमालमा चढिरहेको छ र जिखिममा परिहाल्यो भने त्यो बेला गएर उद्दार गरेर ल्याउनुपर्ने । नेपालमा हुने लियजन अफिसर (सम्पर्क अधिकृत) जस्तै अमेरिकाको राष्ट्रिय निकुञ्जले बोलाएर गएको । म २३ वर्षमा अमेरिका गएको ।, तीन महिना म त्यहाँ काम गरें, अमेरिकी सरकारसँग । त्यतिखेर आफूमा ठूलो परिवर्तन देखें । क्यारियरमा निकै छिटो उचाइमा पुगेको जस्तो लाग्यो । 
 
अमेरिका पुगेपछि त ठूलै सफलता मिले जस्तो लाग्यो होला ?
हामीले दुःख गर्दा मान्छेले सहयोग नै गर्दैन रहेछ । सगरमाथा चढेर आए पनि मान्छेले वास्ता नै गर्दैन । तर जब अमेरिका जाने भनेपछि मान्छेको, समाजको हेर्ने दृष्टिकोण नै परिवर्तन हुँदोरहेछ । अमेरिका गएपछि जे सुकै गरोस्, कसैले केही भन्दैन । पहिला त हामीलाई ट्रेकिङ गएर बाहिरतिर हिँडेर, दुःख गरेर, संघर्ष गर्दा बिग्रिन्छ, राम्रो खालको केटी होइन भन्ने गरिन्थ्यो । बिग्रिने भए त जहाँ भए पनि बिग्रिन्छ होइन ? अमेरिका भिसा लाग्नेबित्तिकै घरमा विवाहको लागि धेरै कुराहरु आउन थाल्यो । त्यो जमानामा हाम्रो गाउँको शेर्पाहरु निकै कम थियो, अमेरिका जाने । अमेरिका जान थालेपछि त प्रसंशा गर्ने, वाह ! । घरमा विवाहको लागि केटी माग्न आउने । सबै कुरा पैसा नै रहेछ । अहिले हेर्नुभयो भने ट्रेकिङ गर्न जाने केटिलाई भन्दा अष्ट्रेलिया पढ्न जाने केटीलाई नै राम्रो भन्छ समाजले । हेर्ने दृष्टिकोण फरक छ ।  

सुरुमा हिमाल आरोहण गर्ने बेलामा कत्तिको डर लागेको थियो ?
मलाई त त्यस्तो केही डर नै लागेन । म गाउँमै हुर्किएर होला, खासै डर लागेन । हामी सानो हुँदा भिरतिर जाने, हिँड्ने गथ्यौं । भिरतिर घाँस काट्नुपर्ने हुन्थ्यो । धेरै जसो भिर, चट्टानतिर जानुपर्ने हुन्थ्यो । हिउँ भइराख्ने, कहिले कहीं चिप्लिरहेको हुन्थ्यो । उकालो, ओरालो सामान्य हो । त्यही भएर मलाई खासै डर लागेन । तर एउटा कुरा के हो भने हिमाल आरोहणमा धेरै कुरा जानेको हुन्न । नयाँँ हुन्छ । त्यतिखेर डर लाग्दैन । मलाई त्यस्तो डर लागेको याद छैन् त्यतिबेला। तर जब व्यावसायिक रूपमा जान्ने भएपछि भने निकै डर लाग्ने रहेछ ।पहिला पहिला जोश जागरले होकी, त्यहाँबाट झरियो भने के हुने होकी ? त्यो डोरी छिन्यो भने के हुने होला ? त्यो कुराहरु याद हुँदैन् । अहिले म १० वर्षपछि अमा दब्लम जाँदा मैले डोरी नराम्रो देख्दा डर लाग्यो । सुरु सुरुमा खतरा भन्ने कुरा थाहा नै हुँदैन । जब तपाइँलाई उच्च ज्ञान भएपछि, सबै कुराहरु थाहा भइसकेपछि भने डर लाग्छ । पहिला त आइसफलबाट गएको छ । त्यो आइसफल झर्छ भन्ने थाहा नै हुँदोरहेनछ । 

undefined

तपाइँले अहिलेसम्म आरोहण गरेका हिमालहरुमा कुनै त्यस्तो घटना छ जुन बिर्सन नसक्ने ?
केटु हिमाल आरोहण गर्दा मलाई फरक अनुभव भयो । केटु आरोहण गर्दा म अलि सानै पनि थियो । त्यो हिमाल नेपालभन्दा बाहिर पनि भएर होला, त्यसमाथि पाकिस्तानको नाम सुन्दा नै डर लाग्ने । बम र बन्दुक पडकाएको समाचारहरु सुन्ने । फिल्मतिर पनि त्यस्तै देख्ने । भारतीय फिल्म धेरै हेरेर पनि होला हाम्रो दिमागमा त्यस्तो छाप बसेको । त्यसमाथि पाकिस्तान जानुपर्छ, केटु चढ्नुपर्छ भन्ने सोचेको पनि थिएन कहिल्यै । हिमाल अहिले पो त्यस्तो व्यापारीकरण भयो । पहिला त मान्छेहरुले केटु नाम सुन्दा नै डराउँथ्यो । त्यो व्यापारीकरण हाम्रै शेर्पाहरुले बनाइदिएको हो । निकै सजिलो बनाइदिएको छ । त्यतिखेर केटु जाने शेर्पा पाउनै मुस्किल थियो । हामी जम्मा २० जना थियो होला हिमालमा सबै गरेर । त्यतिखेर काठमाडौंबाटै कुर्था, बुर्खा लगाएर जानुपर्ने । हामी यस्तो डराउँदै गएको । गएपछि खुल्ला रुपमा बोल्दैन थियो । अनुहार छोप्नु पर्थ्यो । घुम्दा पनि अनुहार छोपेर घुम्यौ । त्यो हिमाल आरोहण गर्नुभन्दा पनि केटुको आधार शिविर पुग्न निकै गाह्रो थियो । त्यति दुःख त हामीले सगरमाथा चढ्दा पनि पाएन् । हामी दुई–तीन किलो तौल घट्यो होला, खाना राम्रो नभएर । हामीलाई आइडिया राम्रो नभएर । जुत्ताहरु पनि राम्रो भएन त्यतिबेला । कस्तो फोकाहरु आएको थियो । तीस घण्टा त गाडीमा जानुपर्ने । त्यसपछि आरोहण गरेर फेरि त्यसरी नै फर्किनुपर्ने । हेलिकप्टर छैन् । जहाज छैन् । खाना पनि त्यस्तै । अहिले पनि याद आइरहन्छ त्यो यात्रा । त्यतिखेर हामीलाई केटुमा यस्तो महशुस भयो कि हामी स्वर्गको देशमा जन्मिएको रहेछ । हामीले जहिले पनि हाम्रो देश यो, यस्तो छ भनिराख्यौं । त्यतिखेर नेपालमा जन्मिएकोमा खुःसी लाग्यो । नेपाली भएकोमा गर्व लाग्यो । त्यो हिमालले धेरै कुराहरु सिकायो । धेरै दुःख पनि पायो । केटु हिमाल आरोहण सफल पनि भयो । केटु आरोहणपछि मेरो क्यायिरमा हाइट ल्यायो । त्यो निकै यादगार आरोहण थियो मेरो लागि । 

त्यसपछि जानुभएन कहिल्यै पाकिस्तान ?
गयो । त्यसपछि पाकिस्तान जानेआउने धेरै भयो । दोस्रो पटक केटु हिमाल आरोहणमा जाँदा पहिला जस्तो खासै भएन । याद पनि भएन । तर पाकिस्तान भनेपछि अलिकति डर लाग्ने अझै पनि गिलगिट–बाल्टिस्तान सुन्दर ठाउँ छ ।  त्यहाँको मान्छे पनि राम्रो छ । तर यो अफगानिस्तान सीमामा पर्छ । नङ्गा पर्वतको त्यो क्षेत्र अलिकति जोखिम खालको छ । त्यहाँ अझै पनि सेना लिएर जानुपर्छ । सेना रातभरी राख्नुपर्छ । त्यहाँको सबै जनासँग बन्दुक हुन्छ । पाकिस्तानको अरु ठाउँको कठोर मुस्लिम पनि त्यहाँ आउन डराउँछ । 

गत वर्ष तिब्बतमा भएको शिशापाङ्मामा गएको हिमपहिरो गएको घटना पनि बिर्सिन सक्दिन् । अहिलेसम्म म हिमाल चढ्न गएको बेला यस्तो दुघटना कतै पनि भएको थिएन । सँगैको साथी मृत्युको मुख्यमा पुग्यो । अन्नपूर्ण हिमालमा पनि झण्डै मृत्यु भएको थियो । विश्वका आठ हजार मिटर अग्ला १४ हिमशिखरमध्ये १३ वटा आरोहण गर्दा मेरो टेन्टमा सँगै गएको मान्छेको यसरी मृत्यु भएको थिएन । तर गत वर्ष शिशापाङ्माको हिमपहिरोमा परी मृत्यु भयो । साथीहरु हरायो । शिशपाङ्मामा दुई जनाको मृत्यु भयो । दुई जना अझै हराइरहेको छ । तीमध्ये दुई जना हामीसँगै धेरै हिमाल आरोहण गरेको साथी हो । त्यतिखेर मलाई नरमाइलो अनुभव भयो । परिस्थिति नै त्यस्तै थियो । मेरोसँगैको एक्दमै यस्तो नाम चलेको साथी तेन्जेन (लामा) शेर्पा शिशापाङको हिमपहिरोमा परि बेपत्ता छ । उनी र नर्वेकी क्रिस्टिन हरिलाले ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी कीर्तिमान बनाएका साथी हो । म उनीहरुसँगै थियो । भन्दाखेरी म पनि उनीहरुसँगै जानुपर्ने थियो,  शिशापाङ आरोहण गर्न । तर म चाहिँ अलिकति बढी निदाएछु । उनीहरु अलि हतारमा चुचुरोमा पहिला पग्नुपर्ने । म चाहिँ बिस्तारै जाने भएकोले निदाएछु । म निदाएकाले उनीहरुले छोडेर गयो । उनीहरु दुई जना हिमपहिरोमा पर्यो । म चाहिँ एक घण्टापछि परेर हिमपहिरोमा परिन । सँगैको साथी बेपत्ता भयो । आफू एक्लै फर्किँदा निकै दुःख लाग्यो । अरु बेला हामी हिमाल आरोहण सफल भएर खुःसीले रमाउँदै फर्किन्थ्यौं । शिशापाङमा चाहिँ नराम्रो अनुभव भयो । त्यसले मलाई फर्किएर आएपछि पनि एक–दुई महिना गाह्रो भयो । आएपछि हिमपहिरोमा परि बेपत्ता भएका साथीहरुको परिवारहरुसँग भेटें । कस्तो नराम्रो लाग्यो । हिमाल आरोहण गर्न जाँदा आफ्नो परिवार छोडेर गएका सबै दुःखी देख्दा एक्दम नरमाइलो लाग्यो । तर पेशा पनि त त्यही हो, जोखिमपूर्ण पेशा भन्ने पनि लाग्यो । त्यो घटनाले मलाई अब हिमाल नै आरोहण नगरौं कि भन्नेसम्म भएको थियो । 

हिमालमा हुने यस्ता घटनाहरुबाट आरोहीहरुको मनमा आउने विचार, चिन्ता कस्तो हुन्छ ?
हिमालमा काम गर्दैगर्दा हिमपहिरोमा परि आफ्नो साथी, दाईभाई, क्लाइन्टको मृत्यु हुँदा त्यो घटनाबाट बाहिर आउन समय लाग्छ । मलाई पनि त्यस्तै भयो । दुःख लाग्छ । आरोहणमा घाइते हुनेले पाउने दुःख त्यस्तै पीडादायक हुन्छ । मृत्यु हुने त गइहाल्छ । तर उसको परिवार, बालबच्चामा पर्ने मानसिक, आर्थिक, सामाजिक असर हामीले कल्पना गरेको हुन्न । तर फेरि हिमाल चढ्ने पेशाको मानिसलाई नचढे उपाय पनि हुँदैन् । शिशापाङको जस्तो घटना देखेपछि केही समय निराशा हुन्छ । फेरि केही समयपछि त्यहीं जानुपर्छ भने मनमा आउनेरहेछ । मेरो त अब त्यही एउटा हिमाल मात्र बाँकी छ चढ्न, १४ पिक सक्न । त्यो बेलामा दुई घण्टा मात्र बाँकी थियो होला शिशापाङको चुचुरो पुग्न । तर घट्ना घट्यो । त्यो मेरो लागि नराम्रो पल भयो । नजिक पुगेर फर्किएर आउनुपर्यो । तिब्बतमा फेरि निकै गाह्रो छ, उद्दारको कुरामा । नेपाल जस्तो सजिलो छैन् । हेलिकप्टर पनि उडान गर्न दिँदैन । त्यतिखेर हिमपहिरोको घटना नेपालमा भएको भए मृत्यु भएको शवहरु अर्को दिन तल झार्थ्यो होला । घाइते भएकाहरुलाई त्यही दिन नै उपचारका लागि काठमाडौं ल्याउँथ्यो होला । शिशापाङमा भने बेपत्ता भएकोहरुको खोजी भएको भए भेट्टाउन सक्यो जस्तो लाग्छ । तर त्यहाँको नियम नै फरक छ । त्यसकारण तिब्बत र पाकिस्तानमा आरोहण गर्न जाँदा एक्दम होसियार हुनुपर्छ । कुनै आरोहीको खुट्टा भाँचियो भने पनि उद्दारको लागि हेलिकप्टर आउँदैन । बोकेर लैजानु पर्छ । बोकेर लग्दा पाँच दिनमा कुहिन्छ । नेपालमा चाहिँ यस्तो कुरामा राम्रो छ । हाम्रा हेलिकप्टरका पाइलटहरु पनि विशेषज्ञ जस्तै छ । 

हिमाल आरोहण पेशालाई कसरी हेर्नुहुन्छ ?
यो एक खालको लत हो । यसमा एक पटक मान्छे छिरिसकेपछि त्यसको लत नै लाग्छ । एक्दमै गाह्रो छ यो पेशाबाट निस्कन । महिलालाई अलिकति गाह्रो होला, पुरुषहरुले कहिले कहीं निकै दुःख पाएर, यो पेशा एक्दम दुःख रहेछ भनेर यो पेशा छोडेर विदेश जानुपर्यो भनेर धेरै गएका पनि छन् । महिलाहरु चाहिँ दुःख पाए पनि धेरै जस्तो त्यही नै फर्किएर जाँदारहेछ । यो पेशा छोडेर के गर्ने त रु नयाँ कामै गरे पनि हामीलाई यो पेशा जस्तो चित्ता नै बुझदैन । हामीले अर्को व्यापार गरे पनि यो जस्तो पैसा कमाउदैन । 

यो पेशामा लागेर तपाइँले थप के के लाभ पाउनुभयो । के के उपलब्धी हासिल गर्नुभयो ? 
मैले अमेरिकाको ठूलो ‘अल्पाइन एसेन्ट्स इन्टरनेशनल’मा पाँच वर्ष काम पनि गरें । अझै पनि गर्छु । मलाई कुनै अन्तर्राष्ट्रिय ब्राण्डको एथलिट हुन पाए हुन्थ्यो भन्ने लागेको थियो । ‘द नर्थ फेस’मा त्यो सपना पनि पूरा भयो । त्यसपछि मेरो अर्को इच्छा माउन्टेन गाइड बन्ने थियो । म अहिले अन्तर्राष्ट्रिय महिला माउन्टेन गाइड छु । म दक्षिण एशियाकै पहिलो हुँ । त्यसपछि विश्वका आठ हजार मिटर अग्ला १४ अग्ला हिमशिखर आरोहण गर्ने कुरा पनि करिव पूरा भयो । मेरो दिमागमा विश्वका आठ हजार मिटर अग्ला १४ अग्ला शिखरहरु आरोहण गर्छु भन्ने नै थिएन ।यो चाहिँ मेरो साथीहरुले गर्दैथियो । मैले उनीहरुलाई आरोहण गर भन्दाभन्दै अन्तिममा आफै १४ अग्ला शिखर आरोहण गर्ने अभियानमा लागें । मेरो साथी माया शेर्पालाई म माउन्टेन गाइड बन्छु, तिमी १४ अग्ला शिखर आरोहण गर भन्थ्यो । 

कोभिड–१९ पछि सबैतिर ठप्प जस्तै थियो । गर्ने केही थिएन । हिमाल आरोहण गर्नुपर्ने मानिस हिमालमा नगए कहाँ जाने रु सबै जना त्यहाँ जान्छ हिमालतिर । साथीहरु गएपछि मलाई पनि जान मन लाग्यो । त्यस्तै गर्दागर्दै मेरो ९ वटा हिमाल आरोहण गरेर सक्यो । दश वटा हिमाल आरोहण गरिसकेपछि चार वटा चाहिँ किन छोड्ने ? भनेर कुरा भयो । अहिले १४ वटै आरोहण गर्ने योजना बन्यो । अब एउटा शिशापाङ मात्रै बाँकी छ । 
 
मैले यो क्षेत्रमा लागेको आफ्नो क्यारियरमा पाएको अर्को सफलता भनेको रोलेक्स घडीमा छिर्नु हो । म यो घडीको अन्तर्राष्ट्रिय ब्राण्ड एम्बासडर पनि हो । नेपालको होइन्, विश्वभरको । पहिला हाम्रो जमानामा हामी नेपालीले कहाँ हुन्छ र रु शेर्पाले कहाँ गर्छ र रु भन्ने थियो । त्यो चाहिँ मैले अलिकति ब्रेक गरेको जस्तो लाग्छ । कहिले कहीं कस्तो हुन्छ भन्दा सफलता सफलता हुँदा त्यो बेला कति सफलता भयो नै बिर्सिन्छ । तर कहिलेकहीं यसो फर्किएर हेर्दा वाह १ मैले गरेकै रहेछु भन्ने पनि लाग्छ । पहिला मलाई जति गरे पनि चित्तै नबुझ्ने । तर अहिले अलिकति आराम, चित्त बुझाउनुपर्ने रहेछ । यो क्षेत्रमा गाह्रो पनि छ । undefined

Advertisement