आईएमई लाइफका सीईओ फुयाँलको पुनर्नियुक्ति नै बदर

Advertisement

काठमाडौं । आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलको पुनर्नियुक्ति बदर गरिएको छ । केही दिनअघि मात्रै अर्को कार्यकालका लागि उनलाई नियुक्ति गरिएको कुरा कम्पनीले सार्वजनिक गरेको थियो । 

तर आज (आइतबार) फुँयालको चार बर्षे पदावधि सक्किएको व्यहोराको पत्र नेपाल बीमा प्राधिकरणलाई पठाएको छ । उनको पुनर्नियुक्ति शुक्रबार (भदौ ७)देखि सुरु भएकोमा सोही दिनदेखि उनले कम्पनी छोडेका हुन् । 

Advertisement

फुँयालको पुनर्नियुक्तिसँगै कम्पनी सञ्चालक समितिले दुई जना डेपुटी सीईओ नियुक्ति गर्नु र फुँयालले राजीनामा दिनु अर्थपूर्ण देखिन्छ । यता प्राधिकरण स्रोतले भने आईएमई लाइफको विवादबारे केही थाहा नभएको र पत्र पनि नआएको दावी गरेको छ । 

Advertisement

Advertisement