नेपाल लाइफद्वारा बाढी पीडितहरुलाई राहत सामग्री प्रदान

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामग्री प्रदान गरेको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परिवार) चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको कम्पनीले जनाएको छ । प्रतिपरिवार ३० केजी चामल, दाल र नुन २–२ केजी, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको जनाइएको छ । 

Advertisement

यही गएको असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण त्रिशुले टोल धनकुटामा तीन घर पूर्णरूपमा क्षति भएकोले प्रतिघरपरिवार ३ बण्डल जस्तापाता र एक थान पाल स्थानीय तहको उपस्थितिमा वितरण गरेको नेपाल लाइफले जानकारी दिएको छ ।

यसैगरी झ्याप्ले खोलामा आएको बाढीका कारण ३० घरपरिवार विस्थापित हुन पुगेकोले सम्वन्धित् घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । गर्जुधारा उपशाखाको संयोजनमा स्थानीय निकायको उपस्थितिमा खाद्यान्न सामग्रीहरू पीडित परिवारलाई वितरण गरिएको कम्पनीको भनाई छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको बताएका छन् । 

Advertisement

Advertisement