नेपाल लाइफद्वारा ‘हामीलाई त बडा दशैं लाग्यो है !’ टिकटक प्रतिस्पर्धा आयोजना

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैंको विशेष अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न यो प्रतियोगिता आयोजना गरेको कम्पनीको भनाई छ । 
 
नेपाल लाइफले आयोजना गरेको ‘हामीलाई त बडा दशैं लाग्यो है !’ नामक टिकटक प्रतिस्पर्धामा सहभागी हुन यस टिकटकको जिङ्गलमा इच्छुकहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरुलाई क्रमश रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । 

विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ भन्दै कम्पनीले यस प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यहि असोज १७ देखि कार्तिक २४ गतेसम्म सहभागी हुन सक्ने जानकारी दिएको छ । दशैंले ल्याएको उत्साहसँगै आफूहरुले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको नेपाल लाइफको भनाई छ । 

Advertisement

Advertisement

Advertisement