कोशीमा भारी वर्षाको सम्भावना, देशभरको मौसम कस्तो रहला ?

Advertisement

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

मनसुनी वायुको प्रभाव रहँदा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार आज ​दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

त्यस्तै कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने विभागले जनाएको छ ।

त्यसैगरी राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

Advertisement

Advertisement