काठमाडौँ । शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपियाँ ४१ पैसा र बिक्रीदर १३४ रुपियाँ ०१ पैसा कायम भएको छ । शुक्रबार यसको मूल्य एकको खरिददर १३३ रुपियाँ ६० पैसा र बिक्रीदर १३४ रुपियाँ २० पैसा कायम भएको थियो ।
यस्तै, युरोपियन यूरोको आजको मूल्य एकको खरिदर १४८ रुपियाँ ७८ पैसा र बिक्रीदर १४९ रुपियाँ ५४ पैसा कामय भएको छ भने शुक्रबार यसको एकको खरिददर १४९ रुपियाँ ०७ पैसा र बिक्रीदर १४९ रुपियाँ ७४ पैसा निर्धारण भएको थियो ।
केन्द्रीय बैङ्ककानुसार शुक्रबार युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपियाँ ५९ पैसा र बिक्रीदर १७८ रुपियाँ ३९ पैसा कामय भएकामा आज एकको खरिदर १७७ रुपियाँ ३२ पैसा र बिक्रीदर १७८ रुपियाँ १२ पैसा कायम भएको छ ।
यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपियाँ ०२ पैसा र बिक्रीदर १५७ रुपियाँ ७२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ७८ पैसा र बिक्रीदर ९१ रुपियाँ १९ पैसा निर्धारण गरिएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ २९ पैसा र बिक्रीदर ९९ रुपियाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ २१ र बिक्रीदर १०३ रुपियाँ ६७ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २४ पैसा र बिक्रीदर नौ रुपियाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपियाँ ९९ पैसा कायम छ ।
राष्ट्र बैङ्ककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ५५ पैसा र बिक्रीदर ३५ रुपियाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ५९ पैसा र बिक्रीदर ३६ रुपियाँ ७६ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपियाँ ०४ पैसा र बिक्रीदर चार रुपियाँ ०६ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपियाँ ३२ पैसा र बिक्रीदर ३६ रुपियाँ ४९ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ७३ पैसा र बिक्रीदर ३१ रुपियाँ ८७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ९८ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ०७ पैसा र बिक्रीदर १३ रुपियाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ९६ पैसा र बिक्रीदर २० रुपियाँ ०५ पैसा छ ।
हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ १२ पैसा र बिक्रीदर १७ रुपियाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपियाँ २० पैसा र बिक्रीदर ४३९ रुपैयाँ १७ पैसा छभने बहराइन दिनार एकको खरिददर ३५४ रुपियाँ ०१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६१ पैसा कायम भएको छ ।
राष्ट्र बैङ्कले यस विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दरभने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।