राशिफलः आज (भदौ १८) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल भदौ महिनाको १८ गते मंगलबार, भाद्र कृष्णपक्षको अमावश्या तिथि, उप्रान्त भाद्र शुक्लपक्षको प्रतिपदा तिथि रहेको छ । आज स्नान तथा दान आदीका लागि औँशी रहेको छ । 

मेष 
बाठो र चलाख व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा थप जिम्मेबारी निभाउनु पर्ने हुन्छ । आफु भन्दा माथिल्ला नेतृत्वले विश्वास गर्ने छन् । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने हुँदा कठिनाईहरुसँग जुध्न शक्ति प्राप्त हुने छ । मित्रहरुबाट हुने सहयोगले जीवनमा ठुलो अर्थ राख्ने छ । कुलतबाट भने बच्ने प्रयास गर्नु होला । शेयर बजारबाट फाइदा मिल्ने छ ।

Advertisement

वृष 
आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत जीवन सकारात्मक र प्रगतिउन्मुख हुने छ । चिसो पदार्थ, डेरी, पेट्रोलियम पदार्थ, तरल पदार्थको कारोवारमा आवद्धहरुलाई फाइदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा कठिनाई देखा पर्ने छ । धन तथा पैतृक सम्पत्तिका विषयमा परिवारमा मनमुटाव हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

मिथुन 
भाग्य बलियो छ । पेशागत जीवनमा भने उन्नति हुने छ । पेशागत र ब्यापार ब्यवसायमा सकारात्मक जिम्मेबारीहरु प्राप्त हुने छन् । खर्च धेरै हुन जाने छ भने आम्दानीमा सो अनुरुप बढोत्तरी भने हुने छैन् । शारीरिक रुपमा कमजोरीहरु देखा पर्ने हुँदा जोश र जाँगरको कमि हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । शेयर क्षेत्र मध्यम रहने छ ।

कर्कट
भाग्यको साथ रहेकाले आँटेका कुरा पुरा हुने छन् । ब्यापारमा संलग्नहरुको आम्दानीमा उच्च बृद्धि हुने छ । परिवारको साथले गर्दा जीवनमा उत्साह थपिने छ । साझेदारीमा भएका कार्यहरु पनि सकारात्मक बन्ने छन् । रिस कडा हुने भएकाले यसबारेमा ध्यान दिनु होला । मित्रहरुसँग झैझगडाको अवस्था आउने छ । शेयर क्षेत्रबाट आँशिक फाइदा मिल्ने छ ।

सिंह
पेशा व्यावसायमा नयाँनयाँ सृजनशिल कदमहरु अघि बढ्ने छन् । रोजगारीमा रहेकाहरुलाई थप जिम्मेवारी प्राप्त हुने छ । आर्थिक अवस्था सन्तोषजनक रहने छ ।परिवारको बलियो साथ रहने हुँदा आँट र भरोसा प्राप्त हुने छ । ब्यक्तित्वको प्रभाव भने कमजोर बन्न जाने छ । साझेदारीमा गरिएका काममा अवरोधहरु आउने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।

कन्या
निन्द्रामा असन्तुलन पैदा हुने छ । नराम्रा सपनाले सताउँछ । पेशा, ब्यवसाय तथा कार्यालयसम्बन्धि विषयमा संयमित भएर पाइला चाल्नु पर्ने समय रहेको छ । श्रम सम्बन्धी समस्या झेल्नु पर्ने छ । मनमा दुविधाका क्रमले निकै सताउने छ । पेशागत जिम्मेबारीमा छोटोछोटो यात्रामा निस्कनु पर्ने हुन सक्छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ ।

तुला 
आम्दानी भन्दा खर्चको मात्रा धेरै हुने हुँदा आर्थिक असन्तुलन उत्पन्न हुने छ । प्रतिष्पर्धात्मक क्षमता बलियो रहने छ । पेशागत जीवन तथा ब्यावसायिक जीवनमा कठिनाईको सामना गर्नुपर्ने छ । व्यक्तित्वमा दृढता बृद्धि हुने छ । झैझगडाको अवस्थाबाट बच्ने प्रयास गर्नु होला । महङ्गा महङ्गा सामग्री खरिद गर्न मन लाग्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

वृश्चिक
पेशागत जीवन सन्तुलित हुने छ । आम्दानीमा पनि बृद्धि हुने हुँदा उत्साह प्राप्त हुनेछ । प्राज्ञिक क्षेत्रमा आवद्धहरुलाई समय शुभ रहेकाले लाभ मिल्ने छ । धर्म अध्यात्म प्रति लगाव बढ्ने छ । धार्मिक क्षेत्रका वस्तुहरुको कारोवारमा रहेकाहरुलाई पनि लाभ मिल्ने छ । विदेश यात्राको अवसर प्राप्त हुने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।

धनु 
आम्दानीमा बृद्धि हुने छ । खर्चको मात्रा पनि उत्तिकै बढ्न पुग्ने छ । पेशागत जीवन सकारात्मक हुने छ । भाग्यको बलियो साथ रहेकाले उन्नति प्रगति हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने हुँदा प्रतिष्पर्धिहरुसँग बिजय प्राप्त हुने छ । धन धान्य तथा सम्पत्तिमा केही बृद्धि हुनेछ । नयाँ सवारीसाधन खरिद गर्ने सोचले तिब्रता पाउने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।

मकर 
मनोरञ्जनात्मक कार्यहरुका कारण खर्चको मात्रा बढ्ने छ । विदेश यात्रामा सफलता प्राप्त हुने छ भने यात्रामा सहजता हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने र लचक प्रकृतिको व्यक्तित्व हुने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा कठिनाईहरुको सामना गर्नु पर्ने समय रहेकाले धैर्य भएर पाइला चाल्नु होला । साझेदारीमा गरिएका कामहरुमा कठिनाई उत्पन्न हुने छ । शेयर क्षेत्र औसत रहने छ ।

कुम्भ
धन सम्पत्तिमा नोक्सानी हुने चुनौतिपूर्ण छ । बोली प्रभाव हुने भन्दा कमजोर हुने छ । पेशागत जीवन औसत खालको हुनेछ । खर्च धेरै हुन जाने वा नगरि नहुने अवस्था आउने छ । आम्दानी र खर्चका बीच सन्तुलन कायम नहुँदा दबाव उत्पन्न हुने छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ । सवारीसाधनले दुःख दिने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ ।

मीन
पेशागत जीवनमा जिम्मेबारी प्राप्त हुने छ । आम्दानीमा सोचे जस्तो बृद्धि नभए पनि धेरै कमजोर पनि बन्ने छैन् । ब्यापार ब्यवसायमा आवद्धहरुलाई फाइदा मिल्ने छ, सेवामा रहनेहरुलाई पनि फाइदा मिल्ने छ । रोजगारीको क्षेत्रमा रहेकाहरुको हकमा पनि गरेको कार्यको राम्रो मुल्यांकन हुने र कदर हुने छ । प्रभावकारी बोलीका कारण अरुको विश्वास आर्जन हुने छ । शेयर क्षेत्र मध्यम रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement