सिन्धु विकास बैंकले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

Advertisement

काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ ।

बैंकले रिक्त पदपूर्तिका लागि सीईओ पदमा दरखास्त आह्वान गरेको हो । 

Advertisement

बैंकका अनुसार सीईओ बन्नका लागि व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा, तथ्यांक, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । 

साथै ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिल्लो पदमा कम्तीमा ३ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । 

इच्छुक र योग्य उम्मेदवारले आजका मितिले १५ दिनभित्र बैंकको इमेल [email protected] मा आवेदन पेस गर्नुपर्नेछ । 

undefined

Advertisement

Advertisement