घ्यू तेल उत्पादक संघद्धारा बाढी पहिरो पीडितहरुका लागी ३६० बोरा चामल सहयोग

Advertisement

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढी पहिरो पीडितहरुका लाखि खाद्यान्न सहयोग गरेको छ ।

अध्यक्ष विकास दुगडको नेतृत्वमा गएको संघका प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीलाई मन्त्रालयमा भेटी उक्त सहयोग हस्तान्तरण गरेको हो । 

Advertisement

संघले दिएको जानकारी अनुसार बाढी पहिरो पीडितका लागि राहत स्वरुप ३६० बोरा चामल, एक सय प्याकेट चिउरा, ४० प्याकेट मुसुरोको दाल रहेको छ । यसैगरी २० कार्टुन तोरीको तेल समेत पीडितहरुका लागि भनेर मन्त्री भण्डारीलाई हस्तान्तरण गरिएको संघले जानकारी दिएको छ । 
 

Advertisement

Advertisement