सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाउँछौंः मन्त्री पाण्डे

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानविन समितिले औंल्याएका सवालबारे अध्ययन गर्न उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झना तथा ४५औं दिनको पुण्य तिथिको सन्दर्भमा आइतवार राजधानीमा आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तरक्रिया बोल्दै मन्त्री पाण्डेले भने, ‘हवाई दुर्घटनाबारे विगतमा अलगअलग अध्ययन र अनुसन्धान भएका छन् । तिनीहरूलाई कम्पायल गरेर एक ठाउँमा राख्नुपर्ने छ ।’ 

Advertisement

नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित पार्नका लागि न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्च स्तरीय छानवीन समिति बनाउने उनले बताए । त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्ने बताउँदै उनले भने, ‘सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भईसकेको उल्लेख गर्दै प्रतिवेदन सत्य, तथ्य नजिक पुगेको छ । हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थ हुँदै कानुन मन्त्रालय पुगेको छ ।’ 

उक्त विधेयक मन्त्रिपरिषद मार्फत संसदमा पेश गरिने उनले विश्वास व्यक्त गरे । साथै दुर्घटनाका पीडितहरूले पाउनु पर्ने बीमाका विषयमा बीमा सम्बन्धि ऐन निर्माण गर्नुपर्ने बताए । 

Advertisement

Advertisement