नाट्टाद्वारा नयाँ रणनीतिक साझेदारीको घोषणा

Advertisement

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले यूएसएड ट्रेड एण्ड कम्पेटिभ्निससँग नयाँ रणनीतिक साझेदारीको घोषणा गरेको छ । 

आज काठमाडौंमा नाट्टाले साझेदारीको घोषणा गर्दै नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले उक्त साझेदारीले नेपालको पर्यटन उद्योगलाई थप सशक्त बनाउन र दुर तथा ट्राभल व्यवसायीहरूको प्रतिष्पर्धात्मकता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । 

Advertisement

विशेषगरी कोभिड–१९ महामारीपछि नेपालको पर्यटन क्षेत्रमा पुनरुत्थान र दीगो विकासको सुनिश्चितताका लागि यो साझेदारी एक महत्वपूर्ण कदम रहेको उनको भनाइ छ । 

उनले थपे, ‘यस साझेदारी अन्तर्गत नाट्टा र यूएसएडले डिजिटल मार्केटिङ, सर्च इन्जिन अप्टिमाइजेसन र व्यवसायिक रणनीतिहरूमा तालिम दिने क्षमता वृद्धिका पहलहरूमा ध्यान केन्द्रित गर्नेछ । यी प्रयासले नेपाली टुर व्यवसायीहरूको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न मद्दत पुयाउने विश्वास लिईएको छ, जसले नेपाललाई सांस्कृक्तिक, साहसिक लगायतका पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सहयोग हुने अपेक्षा रहेको छ ।’ 

त्यस्तै यस अन्तर्गत क्षमता वृद्धिका कार्यक्रमहरु बाहेक, नीति सुधार र पहलका साथै आवश्यक अनुसन्धानका कार्यक्रमहरु पन सञ्चालन हुने बताउँदै उनले भने, ‘यूएसएडसँगको हाम्रो सहकार्य मार्फत हामी केवल टुर व्यवसायीहरूको मार्केटिङ र व्यवसायिक सीपलाई मात्र सुधार गर्दै छैनौं, पर्यटन उद्योगको भविष्यलाई आकार दिन नीति सुधारको बकालत गर्दै अनुसन्धान पनि गर्नेछौं । यो साझेदारीले नेपालको दीर्घकालीन पर्यटन विकासमा महत्वपूर्ण योगदान पुयाउनुका साथै नयाँ मार्गचित्र प्रदान गर्नेमा आफु विश्वस्त रहेको छ ।’

यो साझेदारी सेप्टेम्बर २०२४ देखि सेप्टेम्बर २०२६ सम्म सञ्चालन हुनेछ । दुवै पक्षले दीर्घकालीन रोजगारी सिर्जना, बिक्री वृद्धिको प्रवद्र्धन र नेपालको पर्यटन क्षेत्रमा आर्थिक वृद्धि सुनिश्चित गर्न पहलहरू अघि बढाउने प्रतिबद्धता गरेका छन् ।
 

Advertisement