राशिफलः आज (भदौ २६) तपाइँलाई पेशा, व्यवसाय, शेयर कारोबारबाट लाभहानी के होला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल भदौ महिनाको २६ गते बुधबार, भाद्र शुक्लपक्षको अष्टमी तिथि । आज बुधाष्टमी । आज राधाजीको महोत्सव ।

मेष 
मनमा अकस्मात निराशा आउने छ । सन्तानका क्रियाकलापले पनि समाजमा बद्नामी ल्याउने छ ।  रोजगारी तथा तथा व्यवसायमा समस्याहरु देखा पर्न थाल्ने छन् । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । समय प्रतिकुल रहेकाले अघि बढाएका काममा निकै ढिला गरि मात्र नतिजा प्राप्त हुने छ । अध्ययन, अध्यापन, शिक्षा क्षेत्र, शिक्षक, विद्यालय, कलेज, स्टेशनरी, लेखन, प्रेस जगत, होटल, रेष्टुरेण्ट, आदीमा संलग्नहरुले संयमित रहनु होला । शेयर बजारबाट भने लाभ मिल्ने छ ।

Advertisement

वृष 
चलाख व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा उन्नति हुने छ । अध्ययन अध्यापनमा तिब्र मन जाने छ । तर जति नेतृत्वदायि अपेक्षा गरिएको हुन्छ उक्त क्षमतामा भने गिरावट आउने छ । ब्यवस्थापन क्षमतामा पनि कमि आउने भएकाले यसबारेमा निकै ध्यान दिनु होला । आम्दानीका विषयमा लिइएको लक्ष्य वा सोच पुरा हुने छैन् । जीवनसाथिको साथसहित काम गरेमा प्रगति हुने छ । गरगहरनाको ब्यापार, व्यवस्थापन, राजनीति, लेखन, पत्रकारिता, प्रकाशन, वाणिज्य, बैंकिङ्ग जस्ता क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

मिथुन 
मनमा दुविधाका विचारहरु आएर अन्योलतामा पारि दिने छ । दाम्पत्य जीवनमा पनि कठिनाई र बिबाद चर्किने छ । साझेदारीमा गरिएका काममा पनि अवरोधहरु आउने छन् । पेशागत जीवनमा शत्रुता बढ्न पुग्ने छ । आम्दानीमा ह्रास आउने छ । सरसापटीको कारोवार गर्दा ध्यान दिएर मात्र गर्नु उपयुक्त हुने छ । शैक्षिक संस्था, वाणिज्य क्षेत्र, ब्यवस्थापन, पत्रकारिता, मेडिकल क्षेत्र आदीमा सहभागिहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट अपेक्षाकृत लाभ हुन सक्ने छैन् ।

कर्कट
पेशागत जीवनमा अतिरिक्त जिम्मेबारी संहाल्नु पर्ने समय छ । भाग्य बलियो रहेको छ । उद्योग प्रतिष्ठान तथा कार्यालयमा श्रम समस्या देखिने छ । कार्यालयका सहकर्मीहरुसँगको मेलमिलापमा कटुता आउने छ । मनोबल उच्च हुने भएकाले दृढ खालको ब्यक्तित्व हुने छ । तर रिस नियन्त्रणमा ध्यान नदिए झगडालु व्यक्तित्व बन्ने छ । छालाजन्य कारोवार, श्रम क्षेत्र, ठेक्कापट्टा, औषधीको कारोवार, गरगहनाको ब्यापार, न्याय क्षेत्र, प्रशासन, राजनीति आदीमा सहभागिहरुलाई फाइदा मिल्ने छ । शेयर बजार औसत रहने छ । 

सिंह
आफुले निर्वाह गरेको भुमिकाको कदर हुने छ । पेशागत जीवनमा प्रगति हुने छ । भाग्यको साथ रहेकाले आम्दानीमा पनि बृद्धि हुने छ । तर साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु दखा पर्न थाल्ने छ । आत्माबल उच्च हुने छ । योसँगै रिसाहा ब्यक्तित्व हुने भएकाले यसबारेमा ध्यान दिनु होला । आयात निर्यात, लेखा व्यवसाय, चार्टड एकाउन्टेण्ट, उद्योग, कलकारखाना, ढुवानीका सवारीसाधन, औषधीको आपूर्ति आदीमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कन्या
मनमा दुविधा र अन्योलता देखा पर्ने छ । उदासिनताले डेरा जमाउने छ । अस्पतालजन्य खर्च गर्नै पर्नै अवस्था आउने छ । भाग्यको साथ नभएकाले संघर्ष धेरै गर्नुपर्ने छ । जीवनसाथिको सल्लाह लिएर कार्य अघि बढाएमा सफलताको मात्रा बृद्धि हुने छ । यात्रामा सफलता प्राप्त हुने छ । पेशागत जीवन औसत गतिमा अघि बढ्ने छ । व्यापार व्यवसायमा सँलग्नहरुको हकमा पनि समय औसत रहने छ । शेयर बजार औसत रहने छ ।

तुला
ब्यक्तित्वको प्रभाव बढ्ने छ । पेशागत जीवनमा प्रगति हुने छ । जीवनसाथिको साथ लिएर काम गरेमा प्रगतिको मात्रा अझ बढ्ने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । शत्रुतापूर्ण वतावरणबाट बच्ने प्रयास गर्नु होला । बोलीको प्रभावमा कमि आउने छ । सात्विक क्षेत्र, अध्ययन अध्यापन, दार्शनिक तर्क वितर्क, लेखन, प्रवचन, परामर्श, शिक्षा क्षेत्र, बौद्धिक पेशा जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

वृश्चिक
रोमाञ्चक स्वाभावको व्यक्तित्व देखा पर्नेछ । साझेदारीमा गरिएका काममा केही प्रगतिहरु देखा पर्ने छन् । आम्दानी गर्नु पर्दछ भन्ने मान्यता अनुसार सक्रिय रहने व्यक्तित्व र उर्जा आउने छ । आफ्नो  पेशाप्रति समर्पित हुने र मेहनत गर्न मन लाग्ने छ । आफु भन्दा माथिका हाकिमहरुसँग तादम्यता कायम हुने छ । बजारीकरण, वाणिज्य, राजनीति, ब्यवस्थापन, संचारकर्मी, पत्रकारिता, सञ्चार क्षेत्र, ब्यापार विजनेश आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर बजार भने प्रतिकुल रहने छ ।

धनु 
आम्दानीमा बढ्ने छ । मान सम्मान र कीर्ति प्राप्त हुने छ । मनोकामना पुरा हुनेतर्फ जाने छ ।  पेशागत जीवनमा पनि सकारात्मक अवस्था रहने छ । बोली प्रति विश्वास बढ्ने छ । भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरुमा जोश र जाँगर पैदा हुने छ । दग्ुध पदार्थ, पानी, पेय पदार्थ, मदिरा, गाईपालन, बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालय, शिक्षा क्षेत्र, अध्ययन अध्यापनको क्षेत्रमा सक्रियहरुलाई शुभ रहने छ । शेयर बजार औसत रहने छ ।

मकर 
दृढ खाले ब्यक्तित्व हुने छ । रिस पनि उत्तिकै उठ्न जाने भएकाले यसबारेमा संयमित हुनुहोला । परिवारको साथ रहनाले कठिन अवस्थाहरुमा पनि संहालिन सक्ने तागत आउने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । पेशागत जीवनमा भने द्वन्द देखा पर्ने छ । आम्दानीमा पनि कमि आउन जाँदा यसले आर्थिक ब्यवस्थापनमा दबाब सृजना गरिदिने छ । ठेक्कापट्टा, छालाजन्य कारोवार, फोहर ब्यवस्थापन, फलाम, उद्योग कलकारखाना, निर्माण क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल रहने छ । शेयर बजार औसत रहने छ ।

कुम्भ 
भाग्य बलियो छ । परिवारको साथबाट सुख, शान्तिको अनुभुति हुन जाने छ । परिवारका सदस्यहरुले तपाईप्रति विश्वास गर्ने छन् । तर मनमा भने एक तमासको नकारात्मकताले सताउने छ ।सकारात्मक दृष्टिकोण कम नकारात्मक विचार बढि हुन पुग्ने छ । शारीरिक थकानका कारण मांसपेशिहरुको कमजोर बन्ने देखिन्छ । घर जग्गाको कारोवार, सुरक्षा फौज, सेना, सेक्युरिटी पेशा, खेल जगत, जिमखाना संचालन, होटल, रेष्टुरेण्ट आदी जस्ता क्षेत्रमा सहभागिहरुलाई लाभ मिल्ने छ । शेयर बजारबाट फाइदा हुन सक्ने छैन् ।

मीन 
भाग्यको साथ नरहेकाले मेहनत धेरै तर फल कम प्राप्त हुने छ । मेहनत र पराक्रमी भावमा कमि आउने छ । पेशागत जीवनमा बादबिबाद तथा तानातानमा फस्ने पुगिने छ । शत्रुतामा बृद्धि हुन जाने भएकाले संयमित भएर पाईला चाल्नु होला । रोजगारी गरिरहेकाहरुलाई समय औसत छ भने ब्यवसाय गरिरहेकाहरुका लागि भने समय प्रतिकुल बन्न पुगेको छ । वाणिज्य, ब्यवस्थापन, राजनीति, ठेक्कापट्टा, गरगहनाको ब्यापार, पत्रकारिता, स्टेशनरी जस्ता क्षेत्रमा कार्यरतहरुलाई फाइदा  मिल्ने छ । शेयर बजार अनुकुल बन्ने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement