राशिफलः आज (भदौ २७) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल भदौ महिनाको २७ गते बिहीबार, भाद्र शुक्लपक्षको नवमी तिथि ।

मेष 
रसिक स्वाभाव पटक्कै हुने छैन्  । मनमा हुने भारीपनाले चञ्चलाताका क्रमहरु धेरै देखिने छ । पेशागत क्षेत्र औसत अवस्थामा रहने छ । दाम्पत्य जीवनमा बादबिबाद र चर्काचर्कीको चुनौति देखिएकाले कम बोल्ने गर्नु नै उत्तम हुने छ । मित्र मिलन हुने छ भने यसले केही राहत दिने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

Advertisement

वृष
सक्रियता बढ्ने छ । कामप्रतिको लगावले अरुाट प्रशंसा मिल्ने छ । मेहनतको प्रतिफल पनि प्राप्त हुने छ । पेशागत जीवनमा उचित मुल्यांकन हुने छ । दयालु खालको व्यक्तित्व हुने भएकाले अरुले पनि सहज लिने छन् । परिवारमा शान्तिपूर्ण वातावरण आउने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

मिथुन 
यात्रा हुने छ । सृजनशिल व्यक्तित्व हुने छ तर व्यावहारिकपनामा कमि आउँदा परिवारमा तनाव आउने छ । पेशागत  जीवन शुभ रहने छ, अरुले कदर गर्ने छन् । थप जिम्मेबारी र कामको दायित्व प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने छ । बोली संयमित रहनु होला । शेयर बजारबाट लाभ मिल्ने छ । 

कर्कट
नराम्रा सपनाले गर्दा मनमा भारीपना आउने छ । त्यसले मनमा एक प्रकारको अशान्ति छाउने छ । आवश्यकता भन्दा धेरै बोल्ने गर्नाले हुन लागेका कामहरु पनि बिग्रने छन् । पेशागत जीवनमा विभिन्न चुनौतिहरुको सामना गर्नु पर्ने भएकाले संयमित रही कदम चाल्नु होला । रिस कडा प्रकृतिको हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

सिंह
नयाँ सवारीसाधन किन उर्जा मिल्ने छ । साझेदारीमा गरिएका काममा चुनौतिहरु देखा पर्ने छन् । दाम्पत्य प्रेममा मधुरताको कमि आउने छ । पेशागत क्षेत्र सोचे जस्तो वा योजना बनाए जस्तो हुने छैन् । मनोबल कमजोर भएको व्यक्तित्व हुने हुँदा अरुले हेप्ने छन् । शेयर क्षेत्र मध्यम रहने छ । 

कन्या
प्रयोग गरिराखेको सवारीसाधन सम्बन्धी विषय असन्तुलित हुने छ । नयाँ सवारीसाधन किन्नु पर्ने दबाब सृजना हुने छ । स्वास्थ्यमा सुधार आउने छ । पेशागत जीवनमा पनि सकारात्मक नतिजाहरु देखा पर्न जाने छ । प्रतिष्पर्धात्मक स्वाभावमा गिरावट आउन सक्ने भएकाले सजग रहनु नै उत्तम हुने छ । दाम्पत्य जीवनमा मधुर वातावरण कायम रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

तुला
मानसिक दबाब धेरै भएको महशुस हुने छ । सपना नराम्रो देखिने र त्यसले जीवनमा नराम्रो प्रभाव पार्ने हो कि ? भन्ने विषयले असाध्यै पिरोल्ने छ । पेशागत जीवन औसत खालको हुने छ । कार्य सफलतामा मनको अन्योलताले प्रभाव पार्ने छ । बोलीको प्रभाव बढ्ने भएकाले अरुको विश्वास आर्जन गर्न सक्दा काममा सफलता मिल्ने छ । शेयर क्षेत्र फलदायी रहने छैन् । 

वृश्चिक
मनोवल उच्च हुने छ । पेशागत जीवनमा प्राप्तिहरु हुने छन् । मनमा दृढताका मात्रा आउन थाल्ने छ । बोली मिठो हुने भए तापनि बेलाबेला अनौठो खाले रुखोपना देखा पर्न जाँदा काम बिग्रने छ । जीवनसाथिको साथले ठुलो अर्थ राख्ने छ । बौद्धिक क्षेत्रप्रति उदासिनता आउने छ । अरुलाई सहयोग गर्ने सोचाईहरु आउने छ । शेयर बजार औसत रहने छ । 

धनु 
मन कमलो खालको हुने छ । अरुलाई सहयोग गरौँ गरौँ लाग्ने छ । यसले गर्दा व्यक्तित्व आफ्नो कर्मप्रति भन्दा भावनात्मक विचारमा छरिन पुग्ने छ । मन नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । धर्म–अध्यात्मप्रति रुचि बढ्दे रहने छ । पेशागत जीवन अनुकुल रहने छ । आम्दानीमा पनि बृद्धि देखिने छ । एकलकाँटे स्वाभाव हुने भएकाले अरुसँग घुलनशिल बन्न किठन हुने छ । शेयर क्षेत्र मध्यम रहने छ । 

मकर 
बादबिबादमा धमेलिने समय रहेकाले संयमित रहनु नै ठीक हुने छ । विभिन्न आरोप प्रत्यारोपमा जबर्जस्ति फस्ने खतरा देखिएको छ । पेशागत जीवन भने सन्तोषजनक रहने छ । अरुको मन जित्न सफल हुने हुँदा सम्बन्ध विस्तार हुने छ । कठिन अवस्थामा पनि व्यक्तित्व दृढ रहने छ । शेयर बजारबाट फाइदा भने मिल्ने छैन् । 

कुम्भ 
रमाइलोमा रम्ने वातावरण मिल्ने छ । खर्च पनि बढ्न जाने छ । प्रेम साथ र समर्थन प्राप्त हुने छ । पेशागत जीवन सहज रहने छ । प्राविधिक क्षेत्रमा आवद्धहरुको आम्दानीमा बृद्धि हुने छ । रिस नियन्त्रणमा भने गम्भीर प्रयास गर्नुहोला । बोलीको प्रभावकारीता बढाउन ध्यान दिनु उत्तम हुने छ । शेयर क्षेत्रबाट प्रतिफल मिल्ने छ । 

मीन
सवारीसाधनजन्यका कारण कष्ट हुने छ । परिवारमा सुमधुर सम्बन्ध स्थापना हुने छ । पेशागत जीवन औसत प्रकृतिको हुने छ भने आम्दानीमा गिरावट आउने छ । जस्तोसुकै अवस्थामा पनि दृढ खालले अडिग रहने व्यक्तित्व हुने छ । माटोसँग जोडिएको विषय जस्तै घर घडेरी तथा जग्गा जमिनको कारोवारबाट लाभ मिल्ने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)

Advertisement