लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

Advertisement

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गर्ने नियुक्त गरेको हो ।

ज्ञवाली यसअघि राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए ।

Advertisement

सीईओका लागि आवेदन दिएकामध्ये सर्टलिष्टमा बिष्णु भट्टराई, रघुराज काफ्ले, सुशील ज्ञवाली, रामदेव यादव र भीष्मराज ढुंगाना परेका थिए । उनीहरुको गत मंगलबार अन्तरवार्ता भएको थियो । 

लगानी बोर्डका सीईओको कार्यकाल चार बर्षको हुन्छ । यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएपछि सरकारले गत साउनमा नयाँ सीईओ छनोट प्रक्रिया अघि बढाएको थियो । 

Advertisement

Advertisement