‘एभरेस्ट चढ्न एक वर्ष’ नामक वृत्तचित्र सार्वजनिक

Advertisement

काठमाडौं । फ्रान्सको प्रख्यात यूट्यूबर इनस डेनी बेनज्जाउजले सगरमाथा आरोहण गर्दा बनाएको वृत्तचित्र फ्रान्सस्थित पेरिसमा सार्वजनिक गरेको छ । 

‘एभरेस्ट चढ्न एक वर्ष’ नामक वृत्तचित्र सेप्टेम्बर १३ तारिखका दिन उनले आफनो यूट्यूबर च्यानल मार्फत सार्वजनिक गरेका हुन् । 

Advertisement

उक्त वृत्तचित्र सार्वजनिक गर्दै फ्रान्सका यूट्यूबर इनस डेनी बेनज्जाउजले सगरमाथा आरोहण गर्दा गाइड गरेका गाइडसहित नेपालबाट पाँच जनाको टिम र फ्रान्सको आफनो टिमलाई नै मन्चमा परिचय गराएका थिए । 

सगरमाथा आरोहण गर्दा उनलाई गाइड गरेका सोनाम लामा (ह्योल्मो) ले आफूहरुलाई गाइड गरेको उल्लेख गरेका छन् । ‘फ्रान्सको ब्लगर बेनज्जाउजले मसहित दोर्जे शेर्पा (गाइड), इला नुरु शेर्पा (शेर्पा सपोटर), मनिष तामाङ (भिडियोगाफर), सुवास कुमार श्रेष्ठ (प्रबन्ध निर्देशक) गरी हामी पाँच जनालाई बोलाएको हो,’ सोनामले भने । 

null

सोनामले भने, ‘उनकै खर्चामा हामीलाई त्यहाँ लग्नु र उनको हिमाल आरोहणको सफलताको पछाडी हामीलाई देखाउनू हामी सम्पूर्ण नेपालीहरुको लागि पनि यो ठूलो कुरा हो ।’ 

फ्रान्सको यूट्यूबर​ले नेपालस्थित हिमालय भिजन ट्रेकिङ एण्ड एक्स्पडिशन नामक कम्पनी मार्फत गएको वसन्त ऋतुको मे २१ तारिखका दिन बिहान ८ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका थिए । उनले सगरमाथाको आरोहण गर्नुअघि गत वर्षको नोभेम्बर महिनामा अमा दब्लम हिमालको पनि सफल आरोहण गरीसकेका छन् । साथै उनले यूरोपमा पनि धेरै हिमालहरुको पनि आरोहण गरी सकेका लामाले जानकारी दिए । 

सगरमाथावाला वृत्तचित्र सार्वजनिक गरेको एक दिनमै १७ मिलियन्स भ्यूज पार भइसकेको छ । यसले नेपालमा अझ धेरै फ्रान्सका नागरिकहरु भित्रिने आशा रहेको लामाले बताए । 

सिन्धुपाल्चोक हेलम्बुका सोनाम लामाले हालसम्म सगरमाथा, मकालु र पिकहरुको सफल आरोहण गरिसकेका छन् ।

Advertisement