काठमाडौं । साहस उर्जा लिमिटेडले लगानीकर्ताहरुलाई ८ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्मको कूल चारवटा आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक गर्दै ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरणको प्र्रस्ताव गरेको हो ।
कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको वैठकले चारवटा आर्थिक वर्षको वार्षिक साधारण सभा २०८१ कात्तिक ४ गते गर्ने निर्णय गरेछ ।
कम्पनीको यसै साधारणसभामार्फत नगद लाभांश, हकप्रद शेयर जारी गर्ने तथा पुँजीगत संरचनामा परिवर्तनको विशेष प्रस्ताव समेत पेश गर्ने योजना बनाएको छ ।
प्रस्तावित योजना अनुसार कम्पनीले आफ्नो चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशतले हुने २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता बोनस शेयर वितरण गर्ने जनाइएको छ ।
यस्तै, बोनस शेयर वितरणपछि कायम हुने कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७८ करोडको १ः१ अनुपातमा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरकै ३ करोड ७८ लाख कित्ता हकप्रद शेयर समेत जारी गर्ने प्रस्ताव गरिएको छ ।
उक्त प्रस्ताव आउँदो कात्तिक ४ गते बस्ने कम्पनीको साधारण सभामा पेश गरिनेछ । योसँगै कम्पनीको कूल चुक्ता पुँजी १० अर्बको हुनेछ ।
सो पुँजीलाई प्रतिशेयर रु.१०० को दरले १० करोड थान साधारण शेयरमा विभाजन गरिएको छ ।