प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरामा केवलकार निर्माण सुरु, १५ महिनाभित्र चढ्न पाइने

Advertisement

काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको काम सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बीच केवलकारको शिलान्यास गरिएको हो ।

साँसद डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

Advertisement

निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले केवलकार निर्माणको काम तीब्र गतिमा हुने बताए । उनले भने, ‘केबलकार निर्माणको शिलान्यास गरेका छौं । अब काम द्रुत गतिमा हुन्छ ।’ पाथीभरा केवलकार कुनै एउटा कम्पनीको मात्र नभएर समग्र ताप्लेजुङको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको, र ताप्लेजुङ तथा पूर्वी क्षेत्रको आर्थिक समृद्धिको कोषेढुङ्गा बन्ने बताए । 

यसअघि केबलकार निर्माण हुने क्षेत्रमा रहेका रूखहरू हटाइएको र शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको निर्माण कम्पनीका अर्का सञ्चालक रुद्र पौडेलले बताए । उनले १५ महिनाभित्र केबलकार चड्न पाइने दावी गरे । 

Advertisement

Advertisement