झिनो अंकले घट्यो शेयर बजारः साढे ५ अर्बमा समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज पनि ओरालो झरेको छ । बजार झिनो अंकले तल झरेसँगै कारोबार रकम साढे ५ अर्बमा समेटिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४ अंकले घटेको हो । ०.१५ प्रतिशतले बजार तल झर्दा नेप्से परिसूचक २५७६.७६ अंकमा ओर्लिएको छ । 

Advertisement

समग्रमा बजार तल झरे पनि बैंकिङ ०.७६ र निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले बढेको छ । बाँकी अरु समूह राताम्मे भए । फाइनान्स समूह सबैभन्दा बढी २.६८ प्रतिशतले घटेको हो । 

undefined

आज ३२० कम्पनीका १ करोड ३९ लाख ५२ हजार १ सय २१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ९१ लख ९४ हजार ९ सय ६१.८८ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

आज सबैभन्दा बढी कालिका लघुवित्तका लगानीकर्ताहरुले ९.०८ प्रतिशतले नााफा कमाएका छन् भने गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ६.७७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

सीईडीबी हाइड्रोको उच्च कारोबार भउको छ । उक्त कम्पनीको २० करोड ५८ लाख ८ हजार ५ सय ८४.८० रुपियाँ बराबरको कराोबार भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन आइतबार ५०.७३ अंकले बजार घट्दा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९ सय ५७.४५ रुपियाँ र भदौ ३१ गते सोमबार ५७.०३ अंकले बजार घट्दा ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३।७४ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो मंगलबार भने इन्द्रजात्रामा उपत्यका बिदा हुँदा शेयर बजार पनि बन्द रहेको थियो । 

Advertisement

Advertisement