दुई हाइड्रो कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत दुई हाइड्रो कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

यसैक्रममा बलेफी हाइड्रोले शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रूद दिने भएपछि प्रतिशेयर मूल्य रु. ३०६.६० कायम गरिएको छ । यसअघि रु. ५१३.२० थियो । 

Advertisement

त्यस्तै लिबर्टी इनर्जीले शेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद दिने भएपछि प्रतिशेयर मूल्य रु. २१७.३३ कायम गरिएको छ । यसअघि रु. २७६ थियो । 

समायोजन गरिएको मूल्यबाट भोलि बुधबारदेखि नै दुबै कम्पनीको शेयर कारोबार हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement