पर्वतारोहण तालिम आयोजना गर्न नेपाल पर्वतारोहण संघले माग्यो सहयोग

Advertisement

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा र निप्पोन फाउण्डेशनका अध्यक्ष योहेई सासाकावाबीच भेटवार्ता भएको छ । 

संघका अध्यक्ष शेर्पाले आज आफ्नो सचिवालयमा निप्पोन फाउण्डेशनका अध्यक्ष योहेई सासाकावालाई स्वागत गरेका हुन् । निप्पोन फाउन्डेसनले चुनौतीपूर्ण समयमा संघलाई सहयोग गर्न महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष शेर्पाले बताए । विशेषगरी २०२१ मा कोभिड–१९ महामारीको समयमा २ लाख १३ हजार अमेरिकी डलर उपलब्ध गराएको संघका अध्यक्ष शेर्पाले बताए । 

Advertisement

यस अनुदानले कोभिड प्रभावित तीन हजार पर्वतारोही र करिब ३०० कुष्ठरोगी तथा उनीहरूका बालबालिकालाई खाद्यान्न राहत र स्वास्थ्य सामग्री वितरण गर्न सहज भएको शेर्पाले जानकारी दिए ।फाउन्डेसनसँगको सहकार्यलाई अझ प्रगाढ बनाउने शेर्पाले जानकारी दिए । शेर्पाले नेपालमा पर्वतारोहण तालिम आयोजना गर्न अध्यक्ष सासाकावासँग सहयोगको लागि अनुरोध गरेका छन् । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कुष्ठरोग उन्मूलनका लागि सद्भावना दूतको रूपमा सेवा गरिरहेका सासाकावा हाल नेपाल भ्रमणमा रहेका छन् । उनलाई संघका अध्यक्ष निमा नुरु शेर्पा, निवर्तमान अध्यक्ष सन्तवीर लामा, वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, सचिव धनबहादुर गुरुङ, पूर्व महासचिव कुलबहादुर गुरुङले स्वागत गरेका थिए ।

Advertisement

Advertisement