राशिफलः आज (असोज ८) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असोज महिनाको ८ गते मंगलबार, आश्विन कृष्णपक्षको सप्तमी तिथि । आज सोह्रश्राद्ध अर्थात पितृपक्षअन्तर्गत सप्तमी श्राद्ध रहेको छ । आज महालक्ष्मी व्रत समाप्त ।

मेष
बोलीका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । रङ्ग रमाईलोको वातावरण मिल्ने छ । नयाँ नयाँ स्थानको भ्रमणको अवसर पनि प्राप्त हुने छ । निर्णय क्षमतामा सुधार आउने भएकाले आफ्नो मनोबलमा सुर आउने छ । खर्चको मात्रा भने धेरै हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

Advertisement

वृष
सामाजिक रुपमा छविमा बृद्धि हुने छ । जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । कमाईमा बृद्धि हुने छ । अस्पतालहरुको खर्च भने बढ्न जाने छ भने अन्य खर्चहरु पनि बृद्धि हुने छन् । मित्रतामा केही कटुता देखा पर्ने छ भने अविश्वास उत्पन्न हुने छ । शेयर बजार औसत रहने छ ।

मिथुन 
आँटिलो व्यक्तित्व हुने छ । धार्मिक गतिबिधिमा अलि अविश्वास जस्तो मनमा लाग्ने छ । प्राकृतिक कुराहरुप्रति आकर्षित हुने र त्यसबाट आनन्द लाग्ने हुने छ । आम्दानीमा हल्का बृद्धिको संकेत देखिए पनि व्यावहारिकतामा कम आउने छ । पेशागत जीवन सन्तुलित रहने छ । अनावश्यक बादबिबादबाट जोगिनु होला । शेयर बजार औसत रहने छ ।

कर्कट
सृजनशिल व्यक्तित्व हुने छ । कल्पना र भावनात्मक पक्षले बढि स्थान पाउने छ । नयाँ कामको शूरुवात गर्ने वा अध्ययन क्षेत्रमा प्रगति हुने छ । पेशागत क्षेत्र सहज रुपमा अघि बढ्ने छ । आम्दानी औसत रहने छ । परिवारमा बैमनश्यता रहने छ । शेयर बजारबाट सोचे जस्तो लाभ हुने छैन् ।

सिंह
समय मध्यम खालको रहने छ । आम्दानीमा बृद्धि भए पनि त्यसको प्रतिफल भने न्युन रहने छ । खर्चका मात्राहरु पनि बढ्न पुग्ने छन् । पेशागत क्षेत्र औसत प्रकृतिको हुने छ । पपरिवारमा मधुरताका क्रम देखा पर्ने छ । सामाजिक रुपमा भने सम्मान प्राप्त हुने छ । शेयर क्षेत्र औसत खालको हुने छ ।

कन्या
मनोबलमा बृद्धि हुने छ । व्यक्तित्व आवश्यक भन्दा कडा खालको हुने भएकाले यसमा विचार गदा उपयुक्त हुने छ । पेशागत क्षेत्रमा हौसला प्राप्त हुने छ । परिवारमा अन्योलताको अवस्था आउने छ । एक अर्काप्रति अविश्वासको अवस्था देखा पर्ने छ । आर्थिक रुपमा केही चुनौतिपूर्ण समय रहेको छ । शेयर बजारबाट फाइदा हुने छैन् ।

तुला
बादबिबाद तथा झैझगडा र प्रशासनिक क्षेत्रमा धाउनु पर्ने अवस्था आउने जोखिम छ । सामाजिक छवी र प्रतिष्ठामा गिरावट आउने छ । भाग्यहिनताका कारण कमजोर अवस्थाबाट गुज्रनु पर्ने छ । परिवारका सदस्यहरुले पनि धेरै साथ र सहयोग गर्ने छैनन् । शेयर बजारबाट भने लाभ मिल्ने छ ।

वृश्चिक
समय प्रतिकुल रहेको छ यसले गर्दा मनोबलमा कमि ल्याउने र ग्लानि बढाउने छ । पेशागत क्षेत्रमा केही सुधार आउने छ भने सन्तुलनको आभाष हुने छ । जीवनसाथिको साथले कठिनाईलाई पार लगाउन मद्धत मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

धनु 
परिवारमा सन्तोषजनक वातावरण हुने छ । स्वास्थ्य समस्याले च्याप्दा पेशागत कामहरु अवरुद्ध हुने छन् । खर्चहरु बढ्ने हुँदा आर्थिक रुपमा तनाव थपिने र ऋण लाग्ने देखिन्छ । बोलीमा रुखोपना आउने भएकाले संयमित रहनु नै उचित हुने छ । पेशागत जीवन सन्तुलन राख्न प्रयास गर्नु होला । शेयर बजारबाट लाभ हुने छैन् ।

मकर 
अरुको स–सानो आलोचनाले पनि मनमा धेरै खिन्नता सृजना गरिदिने छ । मनमा दोहोरो कुरा खेलिरहने छ । आर्थिक हिसावले हेर्दा केही दबाब निरन्तर रहने छ । पेशागत जीवनमा धेरै जोखिम भन्दा निरन्तरतालाई ध्यान दिनु नै उपयुक्त होला । परिवारमा किचलोका कारण मनमुटाव रहने छ । शेयर बजारबाट आँशिक लाभ प्राप्त हुने छ ।

कुम्भ 
पेशागत जीवनमा उन्नति हुने छ । आम्दानीमा बृद्धि हुँदा आर्थिक अवस्था मजबुद बन्ने छ । मानसम्मान प्राप्त हुने र मनमा सन्तोष मिल्ने छ । परिवारमा पनि कदर बढ्न जाने छ । अस्पतालको खर्च बृद्धि हुने छ । यात्रामा जानु पर्ने हुन सक्छ । शेयर बजार फलदायी रहने छ ।

मीन
यात्रामा जाने योग छ । यात्रामा केही कठिनाईको सामना भने गर्नुपर्ने छ । रमाईलो खालको स्वाभावले गर्दा साथिभाइको मन जित्न सकिने छ । योजना बनाए भन्दा खर्चमा बृद्धि हुने छ ।  आम्दानीमा पनि केही बृद्धि हुन पुग्दा आर्थिक पक्ष भने सन्तुलित नै रहने छ । परिवारको मन जित्ने प्रयास गर्नु होला । शेयर बजारबाट लाभ मिल्ने छ ।

(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement