गोर्खाज फाइनान्स लिमिटेडको शेयर संरचना परिवर्तन

Advertisement

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ ।

अब संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको हो ।

Advertisement

संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ४४ लाख २६ हजार ७६८.३८ कित्ता र सर्वसाधारण सेयरधनीको स्वामित्वमा ४२ लाख ५३ हजार १६९.६२ कित्ता शेयर रहेको छ ।

यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५७.५१ प्रतिशत र सर्वसाधारण समूहको ४२.४९ प्रतिशत कायम थियो ।

Advertisement

Advertisement