नेपाल लाइफको व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरणमा ३० प्रतिशतसम्मको छुट दिने निर्णय गरेको छ ।

बिमितले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखमा छुट दिने भएको हो । यही असोज ९ गतेदेखि कात्तिक २३ गतेसम्म नवीकरण शुल्क तिरी पुनः सुचारु गरेमा सो छुट पाइनेछ । 

Advertisement

कम्पनीले ३ वर्षसम्मका व्यतित बीमालेखमा ३० प्रतिशत, ३ वर्षभन्दा माथिका बीमालेखमा २५ र ५ वर्षमाथिका बीमालेखमा २० प्रतिशत छुट दिने जनाएको छ । 

साथै, यस योजनामा समावेश भएका बीमालेख पुनर्जागरणको मिति १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएउको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने बताइएको छ । 

त्यस्तै, एकपटक विलम्ब शुल्क छुट लिइसकेका बिमितलाई भने बीमा अवधिभरि छुट नदिइने कम्पनीले जनाएको छ । 


 

Advertisement

Advertisement