गरिमा विकास बैंकको ४.२५ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

Advertisement

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयरको बिक्री खुलाएको छ । 

बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता शेयरको बिक्री खुलाएको हो । 

Advertisement

यसअघि बैंकले विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याए पनि तोकिएको समयभित्र बिक्री हुन सकेको थिएन । सोही बिक्री नभएको शेयर सर्वसाधारणका लागि खुलाएको हो । 

यो शेयर जोकोही व्यक्ति वा संस्थाले खरिद गर्न सक्नेछन् । 

इच्छुक खरिदकर्ताले १५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा के कति कित्ता खरिद गर्ने हो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।
 

Advertisement

Advertisement