निष्क्रिय खाता बन्द गर्दै माछापुच्छ्रे बैंक

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले निष्क्रिय खाता बन्द गर्ने भएको छ ।

बैंकले आफ्ना विभिन्न शाखामा खाता खोलेका दर १० वर्षदेखि कुनै कारोबार नभएका खाता बन्द गर्न लागेको हो । 

Advertisement

कारोबार नभएका खातावाला तथा सरोकारवालालाई बैंकले त्यस्ता निष्क्रिय खाता छिटै सञ्चालनमा ल्याउनसमेत आग्रह गरेको छ । 

३५ दिनभित्र खाता सक्रिय नभएका खाता बन्द गर्ने बैंकको भनाइ छ । 

१० वर्षयता कुनै कारोबार नभएका निष्क्रिय खाताको विवरण बैंकले आफ्नो वेबसाइटमा राखेको छ । 

 

Advertisement

Advertisement