दसैंमा एनआईसीका इकाइधनीले पाए ६१ करोड रुपियाँ लाभांश

Advertisement

काठमाडौं । एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ६१ करोड रुपियाँभन्दा बढी लाभांश वितरण गरेको छ । 

कम्पनीले गत आवमा क्यापिटलका शेयरधनी, म्युचुअल फण्डका इकाइधनीलाई गरेर ६१ करोड २५ लाख रुपियाँभन्दा बढी रकम लाभांशको रुपमा वितरण गरेको हो । 

Advertisement

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित सामूहिक लगानी कोष योजनाबाट गत वर्षको नाफाबाट इकाइधनीलाई ५० करोड ७५ लाख रुपियाँ प्रतिफल वितरण गर्न सफल भएको हो । 

जसमध्ये एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड) ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपियाँ , फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत अर्थात् ७ करोड ६२ लाख २४ हजार रुपियाँ लाभांश वितरण गरेको हो । 

त्यसैगरी, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपियाँ र ब्यालेन्स्ड फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार रुपियाँबराबरको प्रतिफल इकाइधनीलाई वितरण गरेको हो ।

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल असोज ९ गतेदेखि इकाईधनीको खातामा जम्मा गर्ने कम्पनीले जनाएको छ । तर, अन्य फण्डको प्रतिफल भने बैंक खातामा असोज ४ गतेदेखि जम्मा गरिसकेको कम्पनीले बताएको छ । साथै क्यापिटलले गत वर्ष ५२.५३ प्रतिशतका दरले १० करोड ५० लाख रुपियाँ नगद लाभांश वितरण गरेको जनाएको छ । 

इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेस गरेपश्चात् मात्रै प्रतिफल जम्मा गरिने कम्पनीले बताएको छ ।

Advertisement

Advertisement