कुमारी बैंकले राख्यो १ लाख ९ हजार कित्ता शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ९ हजार ८६५ कित्ता शेयर बिक्रीमा राखेको हो । 

Advertisement

हाललाई यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । 

शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । 

शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । 

३५ दिनभित्र शेयर बिक्री नभएको खण्डमा सो शेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ । 

Advertisement

Advertisement