आजको मौसम : बागमतीसहित यी ठाउँमा हुनेछ भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

Advertisement

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली  रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

त्यस्तै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाका साथै कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागकाे भनाइ छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी  प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्नेछ ।

Advertisement

Advertisement