सुपर मादी हाइड्रोको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

Advertisement

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । 

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी २ अर्ब १० करोड रुपियाँको ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपियाँ बोनस शेयर र कर प्रयोजननका लागि ५५ लाख २६ हजार रुपियाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

लाभांश पारित गर्न कम्पनीले कात्तिक ५ गते साधारणसभा आह्वान गरेको छ । सभा, होटल इम्पेरियल, बत्तीसपुतली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

कम्पनीको सभाले ताप्लेजुङमा निर्माणाधीन २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न नाफा, कर्जा र हकप्रद शेयर जारी गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

असोज १७ गतेसम्म कायम शेयरधनीले मात्रै साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Advertisement

Advertisement