त्रिविले २०५८ सालदेखिका परिक्षार्थीलाई एक पटकका लागि मौका परिक्षा सञ्चालन गर्ने

Advertisement

काठमाडौं । त्रिभुवन बिश्वबिद्यालयले २०५८ सालदेखिका परिक्षार्थीका लागि एक पटकका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिविले मंगलबार गोरखापत्र दैनिकमा सूचना प्रकासित गरेर सो जानकारी गराएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ । 

Advertisement

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीको अध्यक्षतामा समितिको यही गएको असोज ७ गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ । 

सूचनाअनुसार मानविकी तथा सामाजिक शास्त्र, ब्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रबिधि अध्ययन संस्थानका २०५८ देखिका बार्षिक प्रणालीअन्तर्गत र २०६९ देखिका सेमेस्टर प्रणालीका बिद्यार्थीको लागि एकपटक मौका परिक्षा सञ्चालन गरिने छ । 

undefined

Advertisement

Advertisement